असोज १२ ,काठमाण्डौ – देशका तीनवटा प्रदेशका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् । नेपाल राष्ट्र बैंककाअनुसार प्रदेश नम्बर दुई, गण्डकी र प्रदेश पाँचका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका हुन् । प्रदेश दुईका एक सय ३६, गण्डकीका ८५ र प्रदेश पाँचका एक सय नौ वटै शाखामा क वर्गका बैंकका शाखा पुगेका छन् । प्रदेश एक र कर्णालीका एक एक वटा पालिकामा तथा वाग्मती र सुदूरपश्चिमका दुईदुई वटा पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छैनन् । नेपाल राष्ट्र बैंकले २०७५र७६ सालमै सबै पालिकामा बैंकका शाखा पुर्याउने लक्ष्य लिए पनि अहिलेसम्म देशभरका ६ वटा पालिकामा शाखा पुग्न सकेका छैनन् ।
१२ आश्विन २०७७, सोमबार
प्रतिक्रिया