ब्रेकिंग न्युज

गैरकानुनी रुपमा सञ्चालनमा आएका क्रसर उद्योग अनिश्चितकालका लागि बन्द



असोज
१३
, २०७७ सर्लाही
: जिल्लामा गैरकानुनी रुपमा सञ्चालनमा आएका क्रसर उद्योग
अनिश्चितकालका
लागि बन्द गरिएका छन्।
वातावरण तथा विपद् व्यवस्थापन शाखाको मापदण्डअनुसार
ढुंगा
, गिट्टी, बालुवा
उत्खनन
, बिक्री
तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ विपरीत सञ्चालन
भएका
जिल्लाका क्रसर उद्योग बन्द गर्न निर्देशन दिइएको जिल्ला प्रहरी
कार्यालयका
प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।
उनले
भने
, ‘जिल्ला
प्रशासन कार्यालयबाट मापदण्ड पुगेको प्रमाणित भएपछि
स्थलगत
अनुगमन गरी सञ्चालन गर्न दिने तर अहिले अनिश्चितकालका लागि जिल्लाका
हाल
सञ्चालनमा रहेका आठ वटा र बन्द अवस्थामा रहेका तर सञ्चालनको तयारी
गरिरहेका
आठ वटा गरी १६ वटैलाई बन्द गरेका छौं।
संघीय
मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ढुंगा
, गिट्टी, बालुवा
उत्खनन
, बिक्री
तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ अनुसार
बस्ती, मुख्य
सडक मार्ग
, विद्यालय, स्वास्थ्य संस्था, क्षेत्र, ठूला
नदी
, पुल, धार्मिक, सांस्कृतिक, पुरातात्विक
महत्वका स्थान र वन क्षेत्रको ५००
मिटरदेखि
दुई किलोमिटरभित्र नदीजन्य पदार्थ उत्खनन र संकलन गर्ने गराउने
कुनै
पनि कार्य गर्न नपाइने उल्लेख छ।
मापदण्डविपरीत
तथा नवीकरण नभएका जिल्लामा सञ्चालनमा रहेका १६ वटा क्रसर
उद्योगका
सञ्चालकलाई सोमबारदेखि बन्द गर्न कडा निर्देशन दिइएको प्रहरी
प्रमुख
राठौरले बताए।
क्रसर उद्योगमाथि विशेष निगरानी बढाइएको र अनुगमन
गर्दा मापदण्डविपरीत
खोला, वनजंगल, बस्ती
र विद्यालय नजिकसमेत सञ्चालनमा रहेका तथा ढुंगा
, गिट्टी, बालुवालगायत
नदीजन्य पदार्थ अनियन्त्रित दोहन रोक्न यो कडा कदम
चालिएको
जिल्ला समन्वय समिति सर्लाहीका सभापति अनुगमन मेथुर चौधरीले बताए।
संघीय
मामिला तथा सामान्य प्रशासन मन्त्रालय (वातावरण तथा विपद्
व्यवस्थापन
शाखा) ले जारी गरेको मापदण्डविपरीत सर्लाहीमा सञ्चालन हुँदै
आएका
क्रसर उद्योगको कागजात मगाएर वैधानिकताबारे बुझ्ने तथा अनुगमन गरी
गैरकानुनी
नठहरिए सञ्चालन हुन दिने सर्लाहीका प्रमुख जिल्ला अधिकारी
सुरेन्द्र
पौडेलले बताए।
जिल्लाको बागमती, लालबन्दी, ईश्वरपुर, हरिपुरलगायत
स्थानमा
वडाध्यक्षदेखि लिएर नगरप्रमुख, पूर्वमन्त्री, जिल्लाका
टाठापाठाले मनोमानी
रुपमा क्रसर सञ्चालन गरिरहेका छन् भने कतिपय स्थानीय
निकायले संघीय सरकारको
मापदण्डविपरीत जिल्लामा बन्द क्रसर उद्योगलाई
लोभलालचमा परेर सञ्चालनको
अनुमतिसमेत
दिने तयारी गरेको पाइएको छ।
जिल्लामा
१६ वटा क्रसर उद्योग दर्ता भएको भए पनि हाल आठ वटा मात्र
सञ्चालनमा
छन्। बाँकी आठ वटा बन्द अवस्थामा रहेका घरेलु तथा साना उद्योग
कार्यालय
सर्लाहीका प्रमुख जितेन्द्र किशोर गुप्ताले बताए।
यसरी
मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगले जथाभावी रुपमा
नदीबाट
ढुंगा
, गिट्टी, बालुवा
उत्खनन गर्दा चुरेको अस्तित्व संकटमा पर्नुका
साथै
रातारात चुरे विनाश भइरहेको छ। साभार थाहा खबर 



प्रकाशित : १३ आश्विन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६