अन्तर्राष्ट्रिय

२ करोड ५० लाख भ्याक्सीन नेपाल ल्याउने सम्झौता



काठमाडौं १३ असोज कोरोना भाइरसविरुद्ध रुसमा बनेको खोप नेपालमा ल्याउनका लागि रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधी उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्स बीच सम्झौता भएको छ। सम्झौताअनुसार नेपालमा २ करोड ५० लाख रुसी भ्याक्सिन ’स्पुतनिक —५’ नेपाल ल्याइनेछ । ‘ह्युमन एडेनोभाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित रहेको यो भ्याक्सिनले नेपालको ९० प्रतिशत जनसंख्यालाई समेट्नेछ ।

    रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको यो भ्याक्सिनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीमाथि सफल परीक्षण गरिएको भनेर प्रचार गरिँदै आएको छ। तर अरु मुलुकहरुले यसमाथि प्रश्न उठाउँदै आएका छन्। यसको परीक्षण जारी रहेको र अन्तिम नतिजा ढिलोमा आगामी नोभेम्बर सम्ममा आइसक्ने उनले बताएका छन्। यो भ्याक्सिनको क्लिनिकल ट्रायलमा यतिबेला ४० हजार स्वयंसेवी सहभागी रहेको सो विवरणमा उल्लेख छ। 

प्रकाशित : १३ आश्विन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६