कपिलवस्तु १३ असोज ।बौद्धकालिन एक सम्पदा समयमाई भन्ने स्थानमा स्थानियले अतिक्रण गरि दुर्गा मन्दिर बनाउन थालेपछि पुरातत्व बिभागले तत्काल रोक्न आदेश जारी गरेको छ । पुरातत्व बिभाग र लुम्बिनी बिकास कोष मातहतको उक्त सम्पदा तौलिहवाको आन्नदबागमा रहेको छ । समयमाई मन्दिर भनेर चिनिने उक्त सम्पदा गौतम बुद्धका सबैभन्दा प्रिय अनुयायी भिक्षु आनन्दको कर्म थलोका रुपमा चिनिन्छ । पुरातात्विक अबशेषका रुपमा त्यहा बौद्धकालिन स्तुप रहेको बताइएकोछ । तर अहिलेसम्म उत्खन्न हुन बाकी छ ।
यता स्थानियहरुले सोही सम्पदालाई मन्दिर परिसरभित्र दुर्गा मन्दिर बनाउन थालेपछि बिभागले स्थानिय प्रशासनलाई पत्र लेख्दै उक्त कार्यमा तत्काल रोक लगाउन भनेको हो । सोही अनुसार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निर्माण कार्यमा रोक लगाएको छ । पुरातत्व बिभाग र लुम्बिनी बिकास कोषका तर्फबाट तत्काल काम रोक्न भन्दै कोषका कपिलवस्तु प्रमुख माधव आचार्यले स्थलगत रुपमा अबकोलन गर्नुभएको थियो । ततपश्यात आचार्यले समयमाईको पुरात्वीक अवस्था मेटिने गरी भएको दुर्गा मन्दीर निर्माण रोक्न आग्रह गर्नु भयो ।
यस्तै आफूहरुले सोही ठाउँको महत्व थाहा पाएपनि यो स्थान अलपत्र परेकोले दुर्गामन्दिर बनाउन थालेको स्थानिय मधुसुदन श्रेष्ठले बताउनुभयो । पुरात्व बिभाग र लुम्बिनी बिकास कोषको ताकेता पछि काम रोकिएको निर्माण समितिका पदाधिकारी समेत रहनु भएका श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया