जीवनशैली

म मन्त्री नबन्दा मलाई होइन देशलाई घाटा : बामदेव



काठमाडौं १३ असोज । मन्त्रिमण्डल पूनर्गठनको अन्तिम तयारी भइसकेको अवस्थामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को छलफलले केही दिन पर्खने निष्कर्ष निकाल्यो ।कारण थियो १४ गतेका लागि बामदेव गौतमको विषयमा परेको मुद्दाको संवैधानिक इजलाशका लागि सुनुवाई ।आजै मन्त्रिमण्डल पुर्नगठन गर्दा बामदेव गौतमलाई नियतवश रोकिएको सन्देश जान्थ्यो । त्यसप्रति प्रचण्डले ओलीलाई सचेत गराएका थिए । त्यसपछि तीन दिन पर्खने सहमति भएको छ ।

    अब मन्त्रिमण्डल पुर्नगठन १४ असोजपछि मात्र हुने भएको छ । उक्त दिन सर्वोच्च अदालतको संवैधानिक इजलाशले बामदेव गौत्री तमलाई मन्त्री नबनाउनु भनी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको मुद्दाको अन्तिम किनारा लगाउने प्रक्रियामा सुनुवाई शुरु हुनेछ । इजलाशको फैसलाबारे धेरैले अनुमान गरिसकेका छन् । प्रचण्ड बालुवाटार पुगेर नरोकेको भए मन्त्रीहरुको लिष्ट नै तयार गरी पुर्नगठन हुने भइसकेको थियो । कतिपयलाई मन्त्री बनाउने खबर आइसकेको विश्वस्त सूत्रले बताएको छ । उनीहरुले दौरा सुरुवाल ठिक्क पारिसकेका छन् ।

    अब ठिक्क पारेको दौरा सुरुवाल केही दिन फेरि थन्कने भएको छ । यसपटक बामदेवमाथि रिट  दिने त्रिपाठीले दायर गरेको मुद्दाले धेरैको मन्त्री बन्ने सम्भावनालाई केही दिन पछि धकेल्यो । बिदा हुन लागेका मन्त्रीहरु केही दिन पदमै रहने भएका छन् । तर, धेरै मन्त्रीहरुले बिदा हुनुपर्ने संकेत पाइसकेकाले अग्रिम तयारी गर्न थालेका छन् ।आफूलाई मन्त्री बन्नबाट रोक्न रिट दायर गरिएपनि बामदेव भने जुनै पनि हालतमा मन्त्री बन्ने पक्षमा छन्।

    यस भन्दा अगाडी आफू प्रधानमन्त्री बन्न समेत पाउनुपर्छ भन्दै आएका उनी जसरी पनि मन्त्री बन्ने विचारमा छन्।उनी आफ्ना निकट नेताहरुलाई मन्त्री बन्न नपाए देश पछाडी पर्ने पनि बताउँछन्। केहि समय अगाडी उनले आफू प्रधानमन्त्री बन्न लायक भएको समत दावी गरेका थिए।

प्रकाशित : १३ आश्विन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६