पर्यटन

वैज्ञानिक वन व्यवस्थापन अध्ययन प्रतिबेदन एक पक्षिय र पूर्वाग्रही



कपिलवस्तु  १४ असोज सार्वजनिक लेखा समितिवाट गठित वैज्ञानिक वन व्यवस्थापन अध्ययन उपसमितिको प्रतिवेदन, २०७७ एकपक्षिय देखिएको भन्दै नेपाल वन प्राविधिक संघ र साझेदारी बन उपभोक्ता महासंघले आपत्ति जनाएका छन । वास्तविकता भन्दा पनि व्यक्तिगत स्वार्थ बोकेर प्रतिवेदन सार्वजनिक गर्दै बैज्ञानिक वन व्यवस्थापन असफल भएको भन्ने बोक्रे तर्क राखेको प्रति प्राविधिक संघका अध्यक्ष कुमुद श्रेष्ठ र उपभोक्ता महासंघका उपाध्यक्ष राम प्रसाद चौधरीले आपत्ति जनाएका हुन् । नेपालका सबै सरोकारवालाहरूको सहयोगले वन क्षेत्रको संरक्षण तथा व्यवस्थापन भएको ती निकायले जनाएका  छन् । वन क्षेत्रको सक्रिय व्यवस्थापनको अभावमा नेपालले प्रति वर्ष १० लाख क्युफिट भन्दा बढी काठ आयात हुदै आएको र त्यस बापत ठूलो धन राशी अन्य मुलुकमा गई रहेका वताइएको छ । 

        वनको व्यवस्थापन गरी स्थानीय समुदाय र राष्ट्रियस्तरमा काठको मागको आपुर्तिमा गर्नु पर्ने भए पनि समितिले नकारात्मक असर पार्ने गरी भूमिका खेलेको संघको भनाइछ  छ । बन व्यवस्थापनका माध्यमवाट दिगो वन व्यवस्थापन गरी काठमा आत्मनिर्भर र आयात प्रतिस्थापन का प्रयास गरिएको हो तर प्राविधिक र बैज्ञानिक आधारलाई नहेरी जथाभावि प्रतिवेदन पेश गरेको आरोप समेत लगाएको छ ।

    नेपाल बन प्राविधिक संघ र साझदारी बन उपभोक्ता महासंघले उपसमिति निश्पक्ष र तटस्थ छैन भन्ने सम्बन्धमा सार्वजनिक लेखा समितिलाई समेते लिखित जानकारी दिई असहमति जाहेर गरेको जनाएको छ । हाल पनि विज्ञान सम्मत वा विज्ञान पुष्टि गर्नेगरी वनको व्यवस्थापन कामहरू संचालन गर्नु पर्दछ भन्ने नेपाल वन प्राविधिक संघको माग छ ।

प्रकाशित : १४ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६