प्रदेश

झुटठा मुद्धाको षडयन्त्रमा आफै फसेपछि



कपिलबस्तु १४ असोज कपिलबस्तुकी एक महिलालाई ललाई फकाई प्रलोभनमा पारेर अर्का ब्यक्तिमाथि  झुठा मुद्धा दर्ता गर्न लगाउने एक व्यक्ति पक्राउ परेका छन् । अर्घाखाँचीको पाणीनी गाँउपालिका वडा नं ७ घर भई हाल चन्द्रौटामा मेडिकल संचालन गर्दै अएका बर्ष ३६ का  महेश पाण्डे पक्राउ परेको हुन । दिपक पौडेललाई फसाउन भनि  श्रीकान्ती यादवलाई २ कठ्ठा जग्गा र एक लाख रुपैया दिने प्रलोभनमा पारी झुठ्ठा मुद्दा दर्ता गर्न लगाएका थिए । पहिला प्रलोभनमा पारे पछि यादवले उक्त काम नगर्ने जनाएपछि ज्यान मार्ने धम्कि दिएको भन्दै मुस्लिम गद्दी र महेश पाण्डे बिरुद्ध   यादवले उजुरी दर्ता गर्नुभएको छ ।

    यता पाण्डे विरुद्ध जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले  सार्बजनिक हित, स्वास्थ्य, सुबिधा तथा नैतिकता बिरुद्धको कसुर नामक मुद्धा दर्ता गराइ १० दिन म्यादथपेर नुसन्धान कार्य अघि वढाएको छ अर्का प्रतिवादी मुस्लिम गद्धी फरार रहेका छन । गद्धीको खोजतलास  जारी रहेको प्रहरीले बताएको छ । यता कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले एक वर्ष पछि पक्राउ गरेको छ । कपिलबस्तु नगरपालिका वडा ५ बस्ने बर्ष ४६ को अब्दुल कलाम मुसलमानलाई एक वर्ष पछि पक्राउ गरेको हो । प्रहरीले कपिलबस्तु नगरपलिका वडा नं. ५ गोटिहवाबाट प्रकाउ गरेको हो ।जिल्ला अदालत कपिलबस्तुले उनलाई ५ बर्ष कैद र ५ हजार रुपैया जारिवानाको सजय सुनाएको थियो  । 

प्रकाशित : १४ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६