ब्रेकिंग न्युज

कपिलवस्तुमा साढे ७ केजी अफिम सहित २ जना पक्राउ ।



कपिलवस्तु असोज १४ गते

कपिलवस्तुको
कृष्णनगर प्रहरीले मङ्गलवार राती १० बजे ७ केजी ५ सय ग्राम अफिम बरामद
गरेको छ । लु १ ह १५७ नम्बरको अटोमा शिवराज लुकाएर ल्याउँदै गरेको अवस्थामा
पकाऊ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज
अधिकारीले बताउनु भयो । प्रहरीले लागु औषध सँगै रोल्पा कुलेरी गाउँपालिका १
कुलेरी बस्ने वर्ष ४९ को सिता रोका र कपिलवस्तु शिवराज ५ का अटो चालक
सुशील क्षेत्रीलाई पक्राउ गरेको छ । उनीहरूले झोलामा लुकाएर ल्याएका थिए ।

इलाका
प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार रातीको
समयमा गरिएको छड्के चेक जाँचका क्रममा लागु औषध पक्राउ गरेको बताउनु भयो ।
ठुलो परिमाण दोस्रो पटक लागु औषध फेला परेको छ । अफिम बराउन सुगर बनाउन
कच्चा पदार्थको रूपमा प्रयोग गरिन्छ । नेपालमा अफिम उत्पादन गरेको फेला
परेको छैन ।  भारत तर्फ लैजाने उद्देश्यले ल्याइएको अफिम नेपालगन्ज बाट
कपिलवस्तु ल्याइएको पौडेलले बताउनु भयो । इलाका प्रहरी कार्यालय कृष्णनगरले असोज ९ गते ३७ केजी चरेस पक्राउ गरेको थियो । 

प्रकाशित : १४ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६