ब्रेकिंग न्युज

बुद्धभुमीका कोरोना संक्रमितको भैरहवामा मृत्यु



कपिलवस्तु, १४  असोज। कपिलवस्तुको बुद्धभुमी नगरपालिका १ विरपुर का ५० वर्षकी कोरोना संकमित महिलाको मृत्यु भएको छ । बुधवार राती ३ः३० बजे भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु हुने महिलामा थाइराइड, सुगर, निमोनिया र दिर्घ रोगबाट ग्रसित हुनु हुन्थ्यो । स्वास्थ्यमा समस्या देखिए पछि उपचारका लागी भैरहवा मेडिकल कलेज लगिएको थियो । असोज ५ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण भएको पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेश घिमिरेले बताएका छन् । यो संगै कपिलवस्तुमा १२ कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लामा हाल ९७ जना सक्रिय संक्रमित रहेका छन् । मंगलवार १६ जना संक्रमित थप भएका थिए । कपिलवस्तुमा संक्रमित हुनेको संख्या १३३४ पुगेको छ ।

प्रकाशित : १४ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६