काठमाण्डौ १४ असोज । २४ घण्टामा १ हजार पाँच सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा १२ हजार दुई सय पाँच जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ५९ जनामा सङ्क्रमण देखिएको हो ।
त्यस्तै गएको २४ घण्टामा एक हजार ५७ जना जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५६ हजार चार सय २८ पुगेको छ । अब नेपालमा २० हजार आठ सय ९१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार चार सय २८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ९८ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७७ हजार आठ सय १७ पुगेको छ ।
प्रतिक्रिया