ब्रेकिंग न्युज

निर्मलाको झझल्को दिने कपिलवस्तुको शिवरानी हत्याकाण्ड ।



कपिलवस्तु १४ असोज  गाउँमा दसैको चहल पहल थियो । कपिलवस्तुको वाणगंगा ६ को बैदाली गाउँमा पनि रमाइलो छाएको थियो । त्यसैको अवसरमा परम्परागत झुमरा नाँचको रिहर्सल गरेका थिए । त्यही नाँच हेर्नका लागी साँझ ८ बजे आमा लाई भनेर शिवरानी निस्किएकी थिइन । त्यो रातमा घरमा सर्ब जना सुतेका थिए । अर्को बिहान उनी घरमा थिइनन् । सबै तिर खोज तलास गर्दा बाणगंगा सिंचाइको नहरमा मृत अवस्थामा फेला परेका थिइन । ‘९ वर्ष अगाडी भएको घटना सुनाउँदै मृतकका हजुरबुवा पिंगु थारुले भने मेरो १४ वर्षकी नातिनीलाई कुन पापीले बलात्कार गरी हत्या गरे । ’

    २०६८ साल असोज १४ गते शिवरानीको शव गाउँ कै नहरमा फेला परेको थियो । घटना पछि अनुसन्धान गरेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले बलात्कार पछि हत्या भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । गोरुसिंगेका तत्कालिन प्रहरी निरिक्षक शिशु शर्मा सरुवा भए पछि बन्द भएको फाइल कहिल्यै खुलेन । घर परिवारले न्यायको लागी कैयौं पटक प्रहरी कार्यालय धाए पनि दोस्रो पटक अनुसन्धान भएन । त्यस पछि थारु परिवारले न्यायको आशा मारेर बसेको थियो । हाल यस विषयमा जानकारी लिदा गोरुसिङगे इलाका प्रहरी कार्यालय गोरुसिङगे मुद्दा फाँटका असई निर थापाले यस विषयमा शुक्ष्म रुपमा अनुसन्धान भइरहेको यस घटनालाई गम्भिरताका साथ हेरिएको वताउनु भयो । 

 शिवरानीको विषयमा आवाज उठाउने कोही पनि भएनन् । ‘ जिल्लामा कती प्रहरी आए गए । धेरै पटक एक्लै कुरा उठाए । तर कसैले पनि सुनेनन् । शिवरानीको फाइल पल्टाउने कोही पनी भएन । निमर्लाको न्यायको लागी कपिलवस्तुमा पटक पटक आवाज उठाएका थिंए तर मेरो छोरीको लागी कोही बोलेन । ’ शिवरानीको बुवा फुल्चा थारुले भने , ‘न्यायको कुरै छाडौं घटना पछि बन्द भएको फाइल समेत फेरी खुलेन ।’  

यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एस.पी नवराज अधिकारीले पुराना फाईलहरु खोजेर अनुसन्धान गर्ने काम  भइरहेको र यस विषयमा आफले गहन रुपमा अध्ययन अनुसन्धान गर्ने बताउनु भयो ।  यस वारेमा स्थानिय महिला समुह र बुद्धिजिविहरुले पट्क पट्क आवाज उठाएको भएतापनि कुनै सुनुवाई नभएको महिला अधिकार कर्मी चेतना अधिकारी  बताउनुभएको छ । हत्यारा नजिकैको भएको र प्रहरी इमान्दारीताका साथ लागि पर्ने हो पत्ता लगाउन गाह्रो नपर्ने  बताउनुभयो । प्रहरी संगठनमा नेतृत्व परिवर्तन र घटनाको गहन अध्ययन नहुदा पनि हत्यारा खुलेयाम घुमेका छन्  हत्यारा पत्ता नलाग्दा आफुहरुले न्याय नपाएको गुनासो संचारकर्मि संग मृतकका हजुरबुबा पिंगु थारुले दुखेसो पोखेका छन् । (मृतकको परिवार सँग प्रेसपाटी गरेको कुराकानीमा आधारीत )  

प्रकाशित : १४ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६