कपिलवस्तु १४ असोज ।प्रेममा असफल भएको भन्दै कपिलस्तुको शिवराजनगरपालिका– १ उमरीमा फिल्मी शैलीका एक जोडीले आत्महत्या गरेका छन । परिवार र समाजले आफुहरुलाई एक हुन नदिएको भन्दै निराश भएर उनीहरुmले एउटै चुन्नीमा झुन्डीएर देहत्याग गरेका हुन । वडा प्रहरी कार्यालय चन्द्रौटा अनुसार सोमवार राति उमुरीका एक प्रेम जोडीले आपको रुखमा चुन्नीले पसो लगाई आत्महत्या गरेका छन । २३ बर्षिय रामदेव थारु र २० बर्षिया बिष्णु थारुले आपको रुखमा चुन्नीको पासो बनाई अत्महत्या गरेका वडा प्रहरी कायालय चन्द्रा्रटाका प्रहरी निरीक्षक दिपश खरेलले बताउनु भयो । मृतक रामदेव थारुको उत्तर तर्फ रहेको आँपको रुखमा झुन्डीएर दुबैले आत्महत्या गरेका थिए ।
बिगत १ बर्ष देखि दुबै बिच गहिरो प्रम थियो । सूरुमा केटा पक्षले कटीको घरमा बिवाहको प्रस्ताव लिएर जादा केटीको परिवारले मानेका थिएनन । प्रेम सम्बन्धका बिच केटा पक्षका अभिभावकले मृतक रामदेबको बिवाह बुद्धुभमी नगरपालिकाकी एक युवतीसंग गराएका थिए । सो बिवाह पश्चात पनि रामेदव र बिष्णु बिच प्रेम सम्बन्ध जारी थियो । बिवाह गरेको केही महिना मै रामेदवले बिष्णुलाई समेत भगाएर घर मै भित्राए । त्यस पछि परिवारमा झनै किचलो भयो । पटक पटक प्रहरीमा उजुरी दिने र पक्राउ गर्ने गरिए पछि रामेदव र बिष्णु निराश बनेका थिए । गत शनिवार पनि रामदेवको परिवारको उजुरीका आधारमा दुवैलाई पक्राउ गरिएको थियो ।
रामेदवले आफनो श्रीमतीलाई घर राख्ने र प्रेमिका बिष्णुलाई आफनो घर पठाउने सहमिति भएको थियो । पटक पटकको तनाव पछि दुबैले एकै साथ मर्ने निर्णय गरेका थिए । घटना अघि मृतक रामेदव र बिष्णु आ– आफनै घरमा थिए । गत सोमवारस राती दुबै जनाले भेट गरी आपसी सल्लाह अनुसार आत्महत्या गरेको प्रहरी निरिक्षक खरेलले बताउनु भयो । मर्नु अघि दुबै जनाले आफनो बुवालाई मोबाईलबाट फोन समेत गरेका थिए । कुरा गरे लगत्तै भने फोन स्विचअफ गरेका थिए । उमुरीका स्थानीय सिताराम चौधरीले घटना दुःखद भएको बताउनु भयो । प्रेममा असफल भएको र आफुहरु एक हुन नसक्ने भएको भन्दै दुबैले आबेगमा आएर आत्महत्या गरेको उहाँले बताउनु भयो । मृतक तर्फका दुबै परिवार सोझा रहेको उहाँको भनाई थियो ।
यता कपिलवस्तुमा एक बर्षमा १ सय २९ जनाले आत्महत्या गरेका छन । गत आर्थिक बर्ष २०७६/७७ मा सो आत्महत्याका घटना भएका हुन । जिल्ला प्रहरी कार्यालय अनुसार ८८ जा झुन्डीएर, ४० जना बिष सेवन र एक जना हामफालेर आत्महत्या गरेका हुन । एक जनाले भने आत्महत्याको दुरुत्साहन गरेका थिए । यस्तै चालु आर्थिक बर्षको साउन र भदौ महिनामा गरी २५ जनाले आत्महत्या गरेका छन । जसमा २२ जना झुन्डीएर र ३ जना बिष सेवन गरी आत्महत्या गरेका थिए । एक जना आत्महत्याको दुरुत्साहन कोरोना भाईरसका कारण गत चैत ११ गते देखि जारी लकडाउन यता आत्महत्याका घटना बढेको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनु भयो ।
प्रतिक्रिया