ब्रेकिंग न्युज

कोरोना सहितको पर्व विशेष सुरक्षा योजना लागु



कपिलवस्तु ३ कार्तिक ।चाँड पर्बको समयमा हुन सक्ने सम्भावित दुर्घटना न्युनिकरण गर्नको लागि कपिलवस्तु प्रहरीले चाँड पर्व बिशेष सुरक्षा योजना २०७७ लागु गरेको छ । बडा दशै, तिहार तथा छठ पर्बको समयमा हुन सक्ने सम्भावित दुर्घटना रोेक्न र सर्बसाधारको सुरक्षालाई मध्य नजर गर्दै चाँड पर्ब बिशेष योजना लागु गरेको जिल्ला प्रहरी कार्यालय कपिवस्तुका प्रबक्ता तथा प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिनु भएको छ । कार्तिक १ गते घटस्थापनाको दिन देखि मंसिर ५ गते सम्म लागु हुनेगरि बिशेष योजना तयार पारिएको छ ।

 सम्भावित धार्मिक तथा साम्प्रदायिक दङ्गा नियन्त्रण गर्न नेपाल प्रहरी तथा शसस्त्र प्रहरीको संयुक्त रुपमा योजना तयार पारिएको छ । पटाका तथा बिस्फोटक पदार्थको तस्करी, बैंक तथा बित्तिय संस्थामा हुन सक्ने चोरी तथा लुट्पाट र उद्योग, ब्यापार क्षेत्रमा अनाबश्यक चन्दा उठाउने आतंक गर्न सक्ने हुनाले तौलिहवा, जितपुर, पिपरा, गोरुसिंगे, चन्द्रौटा, बहादुरगंज र कृष्णनगर जस्ता जिल्लाका मुख्य बजार क्षेत्रको सुरक्षा अवस्था मा कडाई गरिएको प्रबक्ता भण्डारीले जानकारी दिनु भएको छ ।

त्यसैगरि मुख्य राजमार्ग तथा सहायक राजमार्गहरूमा संचालित सवारी साधनमा क्षमता भन्दा बढी यात्रु चढाउने, ट्राफिक नियम उलंघन गर्ने माथी कारवाहीको लागी ट्राफिक सहितको संयुक्त चेकिङको व्यवस्था मिलाईएको छ ।  सर्ब साधारणहरुले आफू यात्रा गर्दा क्षमता भन्दा बढि यात्रु भएको खण्डमा यात्रा नगर्न यदि यात्रा गर्नै पर्ने अवस्था भएमा प्रहरीलाई जानकारी गराउन कपिलवस्तु प्रहरीले आग्रह गरेको छ र पछिल्लो समय देशभर कोरोना महामारीको जोखिम बढेको हुनाले भिड्भाडमा जाँदा सुरक्षाको मापदण्ड अपनाउन र सामाजिक दुरि कायम गर्न पनि कपिलवस्तु प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित : ३ कार्तिक २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६