काठमाडौं ३ कार्तिक। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको तेस्रो तलाबाट हाम्फालेका युवाको उपचारको क्रममा मृत्यु भएको छ ।सोलुखुम्बुको जुगु गाउँपालिका घर भएका २६ वर्षीय रोशन खड्काले सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए । गम्भिर घाइते भएका खड्काको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त, गौशालाले जनाएको छ । आइतबार डेरामा आफैँलाई आगो लगाएपछि उनलाई आमाले अस्पताल लगेकी थिइन् । सोमबार पौने ९ बजे आमा औषधी किन्न गएको बेला उनि हाम्फालेका थिए । अस्पतालका अनुसार खड्का मानसिक रोगी रहेका थिए ।
३ कार्तिक २०७७, सोमबार
प्रतिक्रिया