ब्रेकिंग न्युज

जडिबुटीको ट्रकसहित पक्राउ परेकामाथि अनुसन्धान हुदैँ



वाग्मती ३ कार्तिक । प्रतिबन्धित जडिबुटीको ट्रकसहित पक्राउ परेका तीन जनामाथि डिभिजन वन कार्यालय राप्ती मनहरी मकवानपुरले आजदेखि आवश्यक अनुसन्धान एवं कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय पालुङ र डिभिजन वन कार्यालय पालुङबाट खटिएको टोलीले अवैधरुपमा ओसारपसार गरिरहेको अवस्थामा बा ४ ख ९६३२ नम्बरको ट्रकसहित तीन जनालाई पक्राउ गरेको थियो ।

     पक्राउपर्नेमा ट्रक चालक थाहा नगरपालिका–७ का १९ वर्षीय राजकुमार गोले, ट्रकमा सवार रहेका उक्त स्थानका ५१ वर्षीय बुद्धीलाल थिङ र १८ वर्षीय रमेश थिङ रहेको बताइएको छ । थाहा नगरपालिका–७ बाट डाँडाबासतर्फ आउँदै गरेको सो नम्बरको ट्रकलाई एक्कासी जाँच गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा अवैध जडीबुटी बरामद भएपछि निजलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी कारवाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । 

प्रकाशित : ३ कार्तिक २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६