ब्रेकिंग न्युज

नेकपा सांसदहरुले दसैं भत्ता संस्थागत निर्णयबाटै फिर्ता गर्ने तयारी



काठमाडौं ३ कात्तिक। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना सांसदहरुले पाएको दसैं भत्ता संस्थागत निर्णयबाटै फिर्ता गर्ने तयारी गरेको छ ।दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा) का सांसदहरुको दसैँ भत्ता फिर्ता गर्ने तयारी भएको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बताए ।उनका अनुसार, सोमबार साँझभित्रै सांसदहरुको दसैँ भत्ता फिर्ता गरिएको बक्तव्य निकाल्ने तयारी भएको छ । ‘व्यक्तिगत रुपमा फिर्ता गराउने भन्दा पनि संस्थागत निर्णय गर्ने तयारीमा जुटेका छौं’, उनले भने ।

 नेकपाका सांसदहरुको दसैँ भत्ता फिर्ता गराउने गृहकार्यमा प्रतिनिधिसभा संसदीय दलका उपनेता सुवास नेम्वाङ र भट्टराई खटिएका छन् । ‘प्रधानमन्त्रीसँग कुरा भइरहेको छ । दसैँ भत्ता कोरोना उपचारमा खर्च हुनेगरी फिर्ता गर्छौं’, प्रमुख सचेतक भट्टराईले भने ।नेपाली का‌ंग्रेसले पनि सांसदहरुको दसैँ भत्ता फिर्ता गराउने निर्णय गरिसकेको छ । यसअघि नेकपाका केही सांसदहरुले दसैं भत्ता फिर्ता गरिसकेका छन् । नेकपासँग प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ सांसद छन्।

प्रकाशित : ३ कार्तिक २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६