कपिलवस्तु ४ कार्तिक । कपिलवस्तुका अस्पतालको पहुच नपुगेका ७ वटा पालिका सहित मुलुकभरका सबै पालिकामा आगामी मङ्सिर १५ गते एकै पटक अस्पताल भवन शिलान्याश हुने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको सबै पालिकामा पाँचदेखि १५ शय्याको अस्पताल भवन निर्माण गर्ने योजनानुसार नै सो दिनमा एकै पटक शिलान्यास गर्ने तयारी गरिएको हो । सरकारको योजनानुसार निर्माण गरिने ती अस्पतालको डिजाइन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरी सम्बन्धित स्थानीय तहमा उपलब्ध गराउने छ ।
सोही डिजाइन अनुसार सबै पालिकामा अस्पताल भवनको शिलान्यास एकैसाथ गर्ने गरी मन्त्रालयले आवश्यक तयारी मिलाउने निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । र्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा दुवै मन्त्रालयका पदाधिकारीबीच कोभिड –१९ को रोकथाम, नियन्त्रण र उपचारमा समन्वय गर्ने ध्येयले आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सवै नागरिकको पहुँच सुनिश्चित गर्न सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने सरकारको नीतिअनुसार स्वास्थ्य पूर्वाधार निर्माणका लागि रकम उपलब्ध गराइसकिएको अर्थ मन्त्रालयले जनाएको छ ।यता सरकारले साउन ११ को निर्णय अनुसार कपिलवस्तुको तौलिहवा स्थित जिल्ला अस्पताल सहित २१ अस्पताललाई आइसियू र भेण्टीलेटर युक्त बनाउन २ कारोड देखि २० करोड सम्म बजेट निकासा भएको भनेर स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले वताउनु भयो ।
सरकारले कोभिड विरुद्ध खासै केहि गरेन भनेर आलोचना भई रहदा सरकार एकाएक प्रभावकारी कदमका साथ कोभिड विरुद्धमा उत्रिएको थियो । सरकारले देशभरका विभिन्न २१ अस्पतालमा आईसीयू र भेन्टिलेटर थप गर्नका निम्ति गत बुधवार एकसाथ बजेट पठाएको छ विवरण पत्रकार सम्मेलन मार्फत सुनाइयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार साउन ११ गतेको मन्त्रिपरिषद निर्णय अनुसार केही अस्पतालमा आईसीयू र भेन्टिलेटर थप गर्न बजेट पठाइएको हो ।
प्रवक्ता गौतमका अनुसार कोरोनाको उपचारका लागि भेन्टिलेटर र आईसीयू अभाव भएको भन्दै प्रश्न उठेका बेला यसको व्यवस्थापनका बजेट पठाइएको हो । कोशी, नारायणी, भरतपुर, भेरी, डडेलधुरा अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँचरपाँच भेन्टिलेटरसहित १५/१५ आईसीयू निर्माणका लागि तीन/तीन करोड गरेर ३६ करोड रुपैयाँ पठाइएको भनिएको हो ।
त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार भेन्टिलेटर र १० आईसीयू बेड थप गर्नका निम्ति दुई करोड पठाइएको जानकारी दिइयो । यो सँगै २०७७ भदौ २१ को कोभिड कोषको निर्णय अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा १० भेन्टिलेटर, १४ आईसीयूका लागि पाँच करोड ५७ लाख पठाइएको छ । धुलिखेल अस्पताल पाँच भेन्टिलेर १४ आईसीयूका लागि दुई करोड ८५ लाख, नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा २० भेन्टिलेरसहित आईसीयूका लागि आठ करोड ४० लाख पठाइएको विवरण उल्लेख गरियो ।
विभन्नि प्रदेशका जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटरका लागि २८ करोड पठाइएको वताइएको हो। धनकुटा, पाँचथर, सर्लाही, नुवाकोट, धादिङ, दमौली, कपिलवस्तु, अर्घाखाँची, महाकाली, टीकापुर, कालिकोट र सल्यान जिल्ला अस्पतालमा चाररचार भेन्टिलेटर र १०÷१० आईसीयूका लागि दुईरदुई करोडका दरले २८ करोड रुपैयाँ पठाएको जानकारी गराइएको थियो । सँगै जाजरकोट चौरजहारी अस्पताल र दैलेख अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि ५० लाखको दरले एक करोड रुपैयाँ पठाइएको विवरण सुनाइएको थियो ।
त्यसैगरी स्वास्थ्य अनुसन्धान परिषदलाई कोरोना सम्बन्धि अनुसनधाका लागि दुई करोड दिइएको छ । सरकारले घोषणा गरे अनुसार प्रत्येक स्थानीय तहमा पाँच बेडको अस्पताल निर्माणको कार्यक्रम कार्यान्वयनका लागि हरेक स्थानीय तहमा १० लाखको दरले ६४९ स्थानीय तहमा ६४ करोड ९० लाख यस अघि नै निकासा गरिएको भनिएको थियो ।
यसरी स्वास्थ्य मन्त्रालयका प्रबक्ताले नै बजेट निकाशा भएको भनेपछि बुद्ध आवाजले उक्त बजेट कहाँ कुन खातामा निकासा भयो ? भनेर अध्ययन गर्दा उक्त बजेट निकासा नै नभएको पाइएको छ । सरकारले भनेको अस्पताल मध्येको एक तौलिहवा अस्पतालमा २ करोड बजेट आएको हो ? भनेर सोध्दा मेडिकल सुपरीटेण्डेण्ट डा. किशोर बन्जाडेले कुनै पनि रकम नआएको र औपचारीक जानकारी पत्र समेत नपाएको वताउनु भयो ।
उहाले डिएमसिसी अर्थात जिल्ला स्थित कोरोना विपद समन्वय समितिमा आएको छ की ? भन्ने प्रश्न गर्नु भयो । डा. बन्जाडेको अनुमान अनुसार त्यहा पनि बजेट निकासा वा कुनै पत्राचार भएको पाइएन । डिएमसिसीका संयोजक प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले उक्त रकम आएको भए अस्पताल मै आउनु पर्ने हो भन्दै नआएको भए निकासा नै नभएको हुन सक्ने औल्याउनु भयो ।
यहानेर बुद्ध आवाजको चासो कतिमात्र हो भने कोराना महामारी यसरी तीव्र भई रहदा साउन ११को निर्णय अहिले सम्म कार्यान्वयन नहुनु र स्वास्थ्य मन्त्रालयले निकासा भई सक्यो भनेर प्रबक्ताले बोलेको कुरा १ हप्तामा समेत निकासाको कुनै तथ्य फेला नपर्नुले भन्ने र गर्ने बीच तालमेल नभएको प्रष्ट भएकोछ । यसरी अलमलाएर जनजीवनलाई थपक्षेती पुराउनु हुदैन मातहतका निकायले फलोअप गर्नु पर्ने र पठाउनु पर्ने निकायले सिघ्र पठाएर आइसियू र भेण्टीलेटर सहितका अस्पतालको संख्या तीव्र रुपमा बढाउन एकदिन पनि ढिला गर्नु हुदैन ।
प्रतिक्रिया