प्रदेश

भीम अस्पताल भैरहवा र प्यूठान अस्पतालको ओपीडी सेवा बन्द



भैरहवा ४ कार्तिक । चिकित्सकलगायत अस्पतालका धेरैजना कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि भैरहवास्थित भीम अस्पतालमा ओपीडी सेवा बन्द गरिएको छ । अस्पतालका सूचना अधिृकत डा.नारायण पोखरेलले चिकित्सकलगायत ११ जना कर्मचारी संक्रमित भएपछि काम गर्ने जनशक्तिको अभाव हुन थालेकाले ओपीडी सेवा बन्द गर्नु परेको बताए । उनका अनुसार ओपीडी सेवा बन्द गर्ने निर्णय अस्पताल प्रशासनले आइतबार गरेअनुरुप सोमबारदेखि कार्यान्वयन भएको हो ।

    ‘एकातिर धेरैजना कर्मचारी संक्रमित भएकाले जनशक्तिको अभाव हुन थाल्यो भने अर्कोतर्फ कर्मचारी बिचमै एकअर्कालाई सर्ने जोखिम धेरै भयो,’ उनले भने, ‘दसैंका कारण ६ गतेपछि त्यसैपनि ओपीडी सेवा बन्द हुनेवाला थियो ।’ चिकित्सक, नर्स, प्रशासनका कर्मचारी, कार्यालय सहयोगीहरु संक्रमित हुन पुगेको उनले बताए ।

    ओपीडी सेवा दसैंसम्मका लागि बन्द गरिएको हो । प्रसूती सेवा, आकस्मिक कक्ष, ड्रेसीङ, इन्जेक्सनको सेवा भने बन्द हुने छैन । कोरोना अस्पतालतर्फको सेवा पनि खुला छ । भीम अस्पतालमा हिजोआज दैनिक सरदर १ सय ५० जना बिरामीले ओपिडी सेवा लिने गरेका छन् ।यता प्युठान अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएपछि सोमबादेखि अस्पतालको बहिरङ्ग विभाग सेवा बन्द गरिएको छ ।

    चार चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमणपछि ओपिडी सेवा बन्द गरिएको हो । अस्पताल व्यवस्थापन अधिकृत राजन घिमिरेका अनुसार अर्को सूचना नआञ्जेल ओपिडी, फिजियोथेरापी र डेन्टल सेवा बन्द गरिएको छ । सो अवधिमा अस्पतालमा आकस्मिक र प्रसूति सेवालाई भने निरन्तरता दिइने जनाइएको छ ।

प्रकाशित : ४ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६