अन्तर्राष्ट्रिय

बिश्वका ३० देशको प्रतिस्पर्धामा कपिलवस्तुको बिद्यालयले पायो अन्तराष्ट्रिय पुरस्कार



कपिलवस्तु ४ कार्तिक । बिश्वका ३० देशका विद्यालयहरु मध्येको प्रतिस्पर्धावाट कपिलवस्तुको बाणगंगा स्थित ओदारीमा रहेको हथौसा लिटल स्टार सेकेन्डरी बोर्डिङ स्कुलले आई.एस.ए.अवार्ड (अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार ) २०१९/२०२० प्राप्त गर्न सफल भएको छ। ब्रिटिस काउन्सिलद्वारा विश्वका ३० देशवाट प्रतिस्पर्धाका  आधारमा प्रत्येक वर्ष यो  आई.एस.ए.अवार्ड प्रदान गर्ने  गर्दछ । अवार्ड प्राप्तिको यात्रा स्कुलको प्रस्तावना स्वीकृत भएसँगै गत वर्षदेखि सुरु भएकोमा यसपाली अन्तराष्ट्रिय विद्यालयल अवार्ड पाएको हो । 

मङ्गलबार ब्रिटिस काउन्सिल नेपालले एक भर्चुअल समारोहबीच यो अवार्डको घोषणा गरेको थियो । यो अवार्डले शिक्षणको क्षेत्रमा सो स्कुललाई अन्तर्राष्ट्रिय  स्तरको आयाम प्रदान गरेको छ भने कपिलवस्तुवाट देशभरका १९ वटाको रुचीमा परेर  राष्ट्रिय रुपमा पनि नयाँ पहिचान हथौसा लिटिल स्टारले थपेको छ । यो सफलताले  दिगो विकासका लक्ष्य प्राप्ति सँगै पाठ्यक्रमलाई निरन्तरता दिँदै विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा दक्ष बनाउने अभियानमा  इटटा थपेको छ । 

संस्थागत विद्यालयको रुपमा स्थापित कक्षा १२ सम्म पढाई हुदै आएको उक्त विद्यालयले देशभरका ३७५ विद्यालयसंग प्रस्तावना मार्फत प्रतिस्पर्धा गरेकोमा १९ वटा विद्यालयको प्रस्तावना स्वीकृत भएपछि प्रतिस्पर्धाको वाटो खुलको थियो।शैक्षिक र रचनात्मक गतिविधीवाट केहि वर्षयता कपिलवस्तु कै प्रतिष्ठित विद्यालय रुपमा देखा परेको लिटिल स्टरले विभिन्न ८ ओटा विषयमा प्रोजेक्ट कार्य गरेको स्कुलका आई.एस.ए.संयोजक होतराज खनालले जानकारी दिनुभयो ।स्कुलमा रहेका ८ वटा प्रोजेक्टहरु विद्यार्थी, अभिभावक ,समुदाय , विभिन्न संघसंस्था तथा शिक्षकको सहभागितामा सम्पन्न गरिएको थियोे ।

विद्यालयका प्रिन्सीपल सुन्दर पाण्डेले हथौसा लिटिल स्टारले यो सफलता पाउनुको मतलव यहाको शैक्षिक स्तर अन्तराष्ट्रिय रुपमा मान्यछ भन्ने प्रमाण पेश भएको वताउनु भयो । विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष डम्मर प्रसाद शर्माले सस्थागत विद्यालयको रुपमा संचालित हथौसा लिटिल स्टारले व्रिटिस काउन्सीलको आई.एस.ए.अवार्ड पाउदा सिंगो कपिलवस्तुले नै गर्व अनूभूत गर्ने अवसर मिलेको औल्याउनु भयो । 


प्रिन्सीपल पाण्डेले यो अवार्ड पाउनमा ब्रिटिस काउन्सीलका साथै आई.एस.ए.संयोजक होतराज पाण्डे, प्रोजेक्ट संयोजक श्री प्रसाद पोख्रेल र शिक्षक समुहका धेरै ब्यक्तिको भूमिका महत्वपूर्ण रहेको भन्दै विज्ञप्ती मार्फत आभार प्रकट गर्नु भएको छ । यसैगरी स्कुल  एम्वेस्डर इवराज तिवारी ,प्रदेश ५ का सांसद विष्णु पन्थी ,शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तु, बाणगंगाको नगर शिक्षा शाखा सहित योगदान पुराउने सबैमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भुसालले कृतज्ञता प्रकट गर्दै विज्ञप्ती जारी गर्नु  भएको छ । 

प्रकाशित : ४ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६