अर्थ-वाणिज्य

बजार अनुगमनसंगै ४ पसलमा सिलबन्दी



कपिलवस्तु ४ कार्तिक बजार अनुगमन दोस्रो दिन मंगलबार बाणगंगा नगरपालिकाले अनुगमनका क्रममा ३ वटा एग्रोभेट पसल शिल गरेको छ । जसमा न्यू मौर्या एग्रोभेट बनगाई ,चैधारी एग्रोभेट बनगाई , नेशनल एग्रोभेट ओदारीलाई शिल गरिएको छ ।  सोमबार पहिलो दिन गुप्ता एग्रोभेट सेन्टर ओदारीलाई अनुगमन गर्ने क्रममा शिल गरिएको थियो । ति एग्रोभेट पसलहरु मपदण्ड विपरित रहेको , सहकारीलाई अनुमति प्राप्त मलखाद वितरण गरेको ,दर्ता नभएको लगाएतका कमीकमजोरी पाइएपछि १ हप्ताका लागि शिल गरिएको छ । 


यदि १ साताभित्र आफ्ना कमजोरी सुधार गरेको नपाईएका पसलहरु सञ्चालन गर्ने नदिने र आवश्यक कार्बाही गरिने अनुगमन टोलीले चेतावनी दिएको छ । यस्तै अनुगमनकै क्रममा स्वास्थ्य टोलीले मोतिपुरका २ मेडिकलमा मापदण्ड बिपरित ,कुनै दर्ता बिना नै सञ्चालन भएको पाईएपछि २ महिना भित्र दर्ता गरि सञ्चालन गर्न निर्देशन पत्र दिईएको  छ । सोमबार देखी शुरु भएको बजार अनुगमनमा बाणगंगाले एकैसाथ ४ टोली परिचालित गरेर विभिन्न स्थानवाट बजार अनुगमन गरिरहेको छ । 

    अनुगमनको दास्रो दिन बाणगंगाको ,पिपरा चारनम्बर ,बोडगाउँ ,बनगाई ,कोपवा , झण्डा ,मद्यौली ,बैदौली , भग्लापुर ,मोतिपुर ,ओदारी लगाएतका ठाउहरुमा अनुगमन गरिएको छ । मापदण्ड विपरीत संचालित पसलेहरुलाई निर्देशन पत्र र उपभोक्ताहरुको स्वास्थ्यलाई ख्याल नगरि नखान योग्य सामानहरु भेटिएका पसलहरुलाई शिल गर्ने क्रम जारी रहेको छ ।

    अनुगमन पछि भेटिएका त्रुटीलाई नगरले पत्र मार्फत अव आइन्दा यस्तो भेटिएमा कारवाही हुने भनेर वार्निङ दिएको छ । चाडबर्पका समयमा हुन सक्ने कालोबजारी र मिसावटलाई रोक्न बाणगंगा नगरपालिकाले बजार अनुगमनलाई तिब्र बनाएको उपमेयर चक्रपाणी अर्यालले प्रेसपाटीलाई जानकारी दिनु भयो । 

प्रकाशित : ४ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६