अर्थ-वाणिज्य

मिरमिरे महिलाको आफ्नै भवनबाट सेवा शुरु



कपिलवस्तु ५ कात्तिक मिरमिरे महिला वचत तथा ऋण सहकारी संस्था  वाणगंगा १ बैरीया कपिलवस्तुले अब आफ्नै भवनबाट सेवा दिने भएको छ । सहकारीले आफ्नै भवन बनाएपछि वुधवार एक कार्यक्रमका विच भवनबाटै सेवा शुभारम्भ गरेको हो । कार्यक्रममा बोल्दै वडा नं १ का अध्यक्ष बालकुमारी पन्तले महिलाहरुको मेहनतले आफ्नै सम्रचना बनेकोमा खुशी व्यक्त गर्दै महिलाहरुको विकासका लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।

     पिछडिएका महिलाहरुको क्षमता विकास गर्ने र विभिन्न सिपमुलक कार्यक्रमहरु ल्याई महिलाहरुको जिवनस्तर परिवर्तन गरिने उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै वडा नं २ का अध्यक्ष विष्णु पौडेलले महिलाहरु सक्षम हुदा गाउँ समाज सक्षम हुने बताउनु भयो । स्थानिय स्तरमा महिलाहरुको समस्या के छ , उनीहरुको आवश्यकता के हो भन्ने कुरा पहिचान गरेर काम गर्दा नगरपालिकाले सहयोग गर्ने अध्यक्ष पौडेलले बताउनु भयो।कार्यक्रममा संस्थाका अध्यक्ष शान्ता पाण्डेले निकै मेहनतका साथ सहकारीले आफ्नै भवन बनाउन सफल भएको बताउनु भयो  

    २०६३ सालमा स्थापना भएको सहकारीले गरीब , बिपन्न सबै समुदायका महिलाहरुलाई समावेश गरि काम गरेको बताउनु भयो । यहाँका महिलाहरुलाई सशक्तिकरण गर्न नगरपालिकाले पुर्ण सहयोग गर्नु पर्ने उहाँले धारणा राख्नु भयो । संस्थाका उपाध्यक्ष नारायणी चौधरीको स्वागत , सचिव गंगा भट्राईको सञ्चालनमा भएको कार्यक्रममा सहकारीका संस्थापक योगमाया पौडेलले सहकारीको आफ्नै भवनबाट सेवा शुरु भएकोमा खुशी व्यक्त गर्नु भयो । 

प्रकाशित : ५ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६