प्रदेश

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु



काठमाडौ ६ कार्तिक । बितेको २४ घण्टामा छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका(३१ शान्तिनगरस्थित सडकमा प्रदेश ३-०२-०१३ प ६५०९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री काभ्रे घर भएका हाल गोलढुङ्गा बस्ने २० वर्षीया सुजु पुतुवारको बुधबार साँझ मृत्यु भएको  छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको   हो ।

    दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।यसैगरी ललितपुर महानगरपालिका-८ बालकुमारीस्थित हाल नम्बर नखुलेको बोलेरो गाडीले बिहीबार बिहान पैदलयात्रीहरुलाई ठक्कर दिँदा गम्भीर घाइते भएका महालक्ष्मी नगरपालिका-४ ईमाडोल बस्ने ७८ वर्षीय बाबुकाजी श्रेष्ठको मृत्यु भएको छ ।

      दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि बिएण्डबी अस्पताल ग्वार्कोतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्करबाट घाइते भएका सोही ठाउँ बस्ने भाईलाल महर्जनलाई उपचारको लागि सोही अस्पतालमा पठाइएको छ । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ । यसैगरी कैलालीको बर्दगोरिया गाउँपालिका-४ निमाबोजीस्थित सडकमा प्रदेश ०१००१ ख २३०९ नम्बरको बसले से.१ ब ९५७ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार लम्की चुहा नगरपालिका-९ दुर्गौली बस्ने ३५ वर्षीया भागरथी रेग्मीको मृत्यु भएको छ ।

 दुर्घटनामा गम्भीर घाइते भएकी उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित सडकमा पनि प्रदेश ०१-००८ प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा सोही नगरपालिका-१ बस्ने ४० वर्षीय रंग प्रसाद न्यौपानेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका न्यौपानेको लाल रत्न अस्पताल लम्की हुँदै टिकापुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

     यसैगरी सिरहाको धनगढिमाई नगरपालिका-१ बाखरस्थित सडकमा स.१ ग २५ नम्बरको डोजरको ठक्करबाट बुधबार बेलुका सोही स्थान बस्ने ५५ वर्षीय फ्रीतिया सदायको घटनास्थलमै मृत्यु भएको छ । डोजर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी, सिरहा कर्जन्हा नगरपालिका-१० प्रयागपुरमा बुधबार बेलुका ज.३ प ४८३१ नम्बरको मोटरसाइकलबाट लडेर सोही स्थान बस्ने ६५ वर्षीया बेचनी देबी साहको मृत्यु भएको छ । सोही स्थान बस्ने २१ वर्षीय संजिव साहले चलाएको मोटरसाइकलबाट ओर्लिने क्रममा लडेर गम्भीर घाइते भएकी साहको आरके मेडिसिटी मुसहरनीयाँ हुँदै थप उपचारको लागि बिराटनगरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

 यसैगरी मोरङको बेलबारी नगरपालिका-४ स्थित सडकमा को.३२ प ५६३७ नम्बरको स्कुटर अनियन्त्रीत भई बुधबार राति दुर्घटना हुँदा स्कुटर चलाक सोही स्थान बस्ने १९ वर्षीया समीक्षा राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी राईको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य २ जनामध्ये १ जनाको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ भने अर्का १ जना स्थानीय क्लिनिकमा उपचार पश्चात डिस्चार्ज भएका छन् । स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचेस्थित बेनी-जोमसोम सडकमा बा.३ ख ९६६५ नम्बरको बस र ग।१ त ५२८५ नम्बरको ट्याक्टर बाटोको छेउमा पार्किङ गरी राखेकोमा बा।३९ प ७२८० नम्बरको मोटरसाइकल क्रस गर्ने क्रममा बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब २२ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । ३ वटै सवारी साधन र बस तथा ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 

प्रकाशित : ६ कार्तिक २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६