प्रदेश

कांग्रेस कार्यकर्ताको बाहुल्यतामा नेपाली कांग्रेस बिपिको जिल्ला समिति गठन



कपिलवस्तु ६ कार्तिक । लामो समय नेपाली कांग्रेसको जिल्ला स्तरमा राजनीति गर्दै आएका एक सकृय नेताले आफ्नै नेतृत्वमा नेपाली कांग्रेस (बिपि)को  कपिलवस्तु जिल्ला कार्य समिति गठन  गरेका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका १ बैरीयामा रहेको मायादेवि रिर्सोटमा भएको कार्यक्रम बीच गोपाल पोखरेलको सभापतित्वमा  कार्यसमिति चयन भएको हो  ।

    पोखरेलको नेतृत्वलाई सहर्ष स्बीकार्दै उपसभापतिमा भोजराज आर्चाय, भरत मल्ल, सचिवमा इश्वरी खनाल, उपसचिवमा नन्दराम राना, कोषाधयक्षमा अनिलराज आर्चाय रहेका छन भने सदस्यहरुमा अनुप श्रेष्ठ, इश्वरी पौडेल, रितु आर्चाय, डिलाराम गैरे, गिरिराज भट्टराई, देवि पाण्डे, छविलाल भट्टराई, गणेश पौडेल, कुशल खनाल, लिलाधर खनाल, ममता टण्डन, पिताम्बर थारु, दिनदयाल उपाध्याय, कृष्ण घिमिरे, नाथु थारु सदस्यमा रहेको छन ।उनीहरु सबै नेपाली कांग्रेस कपिलवस्तुका सकृय कार्यकर्ताहुन् ।

    नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा सिमित भएका बखत हिजोदेखि कांग्रेसमा सकृयहरुले पार्टी छाडेर अर्काे पाटी गठन गर्नुको कारण उनीहरुले नेपाली कांग्रेस बिपिको सिद्धान्तवाट विचलित भएको , देउवाको नेतृत्वमा कांग्रेस माथि जाने भन्दा तलजाने स्थिती मजवुत वनेको  जस्ता आरोप लगाएका छन् । 

कार्यक्रममा नेपाली काग्रेस बिपिका महामन्त्री पुष्पराज पराजुलीले  टिका र प्रंमाणपत्र दिएर नेतृत्वलाई स्वागत गर्नु भएको थियो ।कार्यक्रम बसन्तराज पौडलको सञ्चालन र सुरजराज आर्चायको स्वागतमा भएको थियो ।

प्रकाशित : ६ कार्तिक २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६