काठमाडौं ७ कार्तिक । यो वर्षको दसैँमा डेरी उद्योगहरु समेत बन्द हुने भएका छन् । अत्यावश्यक मानिएका र विगतका वर्षहरुमा दसैँ तिहारमा समेत खुला हुने सेवाहरु धमाधम बन्द गर्ने निर्णय भएसँगै डेरी उद्योग पनि बन्द गर्ने तयारी गरिएको हो ।नेपाल डेरी उद्योग संघले आइतबार र सोमबार ९नवमी र विजयादशमी० को दिन आफ्ना सबै उत्पादनहरु बन्द गर्ने तयारी गरेको अध्यक्ष राधाकृष्ण सापकोटाले जानकारी दिए । यो निर्णयका लागि संघले शुक्रबार दिउँसो कार्यसमितिको बैठक डाकेको छ । सो बैठकले यसबारे औपचारिक निर्णय गर्ने अध्यक्ष सापकोटाले जानकारी दिए ।
संघले त्यस्तो निर्णय गरेका निजी क्षेत्रबाट सञ्चालित कुनै पनि डेरीका उत्पादन २ दिनसम्म ठप्प हुनेछन् । यो अवधिमा औपचारिक क्षेत्रले किसानबाट किन्दै आएको दुध बजारबाट उठाइने छैन । स्थानीय डेरी फर्महरुले भने स्टक सामानको बिक्री भने निरन्तर रुपमा गर्न सक्नेछन् ।लकडाउनअघि ६२ लाख लिटर दुध उत्पादन हुने गरेकोमा त्यसको आधा अर्थात् ३१ लाख लिटर दुध बजारमा बिक्री हुन्थ्यो । त्यसमध्ये करिब १० लाख लिटर दुध औपचारिक माध्यमबाट बिक्री हुने गरेको थियो ।
लकडाउनको समयमा ३० प्रतिशतमा झरेको उत्पादन लकडाउन खुला भएपछि समेत अहिले ५० प्रतिशत भन्दा माथि पुग्न नसकेको अध्यक्ष सापकोटाले जानकारी दिए ।अघिल्लो वर्ष दसैँको समयमा बैङ्क तथा वित्तीय संस्थाहरु समेत खुला रहन्थे । यो वर्ष ४ दिनसम्म बैङ्कका कुनैपनि शाखा खुला नहुनेगरी बन्द भएका छन् । डेरी उद्योगलाई पनि कहिलै बन्द नहुने अत्यावश्यक क्षेत्र मानिए पनि यो वर्ष यो क्षेत्र पनि बन्द हुने निश्चित भएको हो ।
प्रतिक्रिया