ब्रेकिंग न्युज

जिम्मेवार सरकारको नमुना : पालिकाको आइशोलेशनमा अक्सिजनको ब्यवस्था



सल्यान ८ कार्तिक कोरोना संक्रमित भएर आइसोलेसनमा बसेकाहरुलाइ कुनै पनि बेला समस्या पर्न सक्ने भन्दै सल्यानको कपुरकोट गाउंपालिकाले अक्सिजनको व्यवस्था गरेको छ । वडा नम्बर ४ स्थित किमुचौर आइसोलेसन सेन्टरमा अक्सिजनको व्यवस्था गरिएको गाउंपालिका अध्यक्ष भिम बहादुर सेनले जानकारी दिए ।

     ५ वटा आइसोलेसन कक्षको ५० वेडमा नै सुविधा पुग्ने गरि अक्सिजनको व्यवस्था गरिएको हो । १५० प्रेसर क्षमताको ५ वटा अज्सिजन सिलिन्डर जडान गरिएको छ । झसंक्रमितलाइ अक्सिजन अभाव हुन सक्ने, छातिको समस्या हुन सक्ने भएकाले हामिले यसतर्फ ध्यान दिएका हौं, अध्यक्ष सेनले भने, झशरिरमा अक्सिजनको मात्रा नाप्ने उपकरण र अक्सिजन सिलिन्डरको व्यवस्था गाउंपालिकाले गरेको हो  

     हाल किमुचौर आइसोलेसन सेन्टरमा २ जना बाल बालिका सहित १३ जना रहेका छन । उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र प्रत्यक्ष स्वास्थ्यकर्मिहरुको निगरानिमा रहेको कपुरकोट गाउंपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जानकारी दिए । सार्वजनिक विदाको बेलामा पनि आफुहरु आइसोलेसन सेन्टर संचालन, व्यवस्थापन र कोरोना नियन्त्रणका विभिन्न काममा सक्रिय रहेको उनले बताए ।

प्रकाशित : ८ कार्तिक २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६