कपिलवस्तु ८ कार्तिक । कपिलवस्तुको विजयनगर गाउँपालिकामा बिद्यालय नगएका र बिचमै छाडेकालाई खोजी गरेर एक सस्थाले १५७ वालिकालाई साइकल वितरण गरेको छ । बालिकाहरुलाई विद्यालय जान प्रोत्साहन गर्न साइकल वितरण गरिएको हो । उनीहरुलाई साइकलबाट विद्यालय आवतजावतमा सहज पनि होस भनेर यस्तो गरिएको वताइएकोछ । विचैमा विद्यालय जान छोडेका र विद्यालय नगएका बालिकाहरुलाई खोजी उडान सिकाई केन्द्रमा एक वर्षसम्म कक्षा सञ्चालन गरी पुनः विद्यालयमा भर्नाका गरेपछि साइकल दिइएको हो ।
विजयनगर गाउँपालिका, सिद्धार्थ सामाजिक विकास केन्द्र र केयर नेपालको संयुक्त साझेदारीमा सञ्चालित उडान कक्षाका बालिकालाई साइकल वितरण गरिएको शिद्धार्थका नारायण घिमिरेले वताउनु भयो ।उडान छोरी शिक्षाका बालिकाहरुलाई विद्यालयको वार्षिक परिक्षामा समावेश गराई उनीहरुको क्षमता अनुसार विद्यालयको विभिन्न कक्षामा भर्ना गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले प्रेसपाटीलाई बताउनु भयो ।
यस उडान छोरी शिक्षाले विद्यालय जान छोडेको र विद्यालय नगएका बालिकाहरुलाई नियमित विद्यालय अध्ययनमा महत्वपूर्ण सहयोग पुग्ने थापाले विश्वास व्यक्त गर्नुभयो । गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारीले उडान बालिका शिक्षा कार्यक्रमले बालिकाहरुको भविष्य निर्माणका लागि उल्लेखनीय कार्य गरेको बताउनुभयो । हरेक क्षेत्रमा महिलाहरु पछाडी परेकाले उच्च शिक्षामा ध्यान जरुरी रहेको उहाको भनाइछ । एक महिला शिक्षित भए परिवार नै शिक्षित हुँदै जाने उहाँले बताउनुभयो ।








प्रतिक्रिया