प्रदेश

कमलको फूलले लियो २ यूवाको ज्यान,बेपत्ता बालकको शव फेला



कपिलवस्तु ९ कार्तिक । पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान कमलको फूल टिप्न गएका महाराजगन्ज नगरपालिका–५ स्थित मतखनवा पोखरीमा डुब्नेमा सोही ठाउँ बस्ने ३२ वर्षीय अशोक पाठक र २६ वर्षीय करमहंस पाठक रहेको प्रहरीले जनाएको छ । उनीहरु पूजाका लागि फूल टिप्न पोखरीभित्र गएका थिए । युवाहरु डुबेको हल्ला भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुग्दा स्थानियले एक जनाको शव पोखरीबाट बाहिर निकालिसकेका थिए । हराइरहेका एक जनाको शव प्रहरीले निकालेको प्रहरीले जनाएकोछ 

   यसैविच शुक्रबार बुटवलबाट हराएका एक बालक शनिबार मृत भेटिएका छन् । बुटवल –८ दिपनगर बस्ने कृष्ण तिवारी र राधा तिवारीका १० वर्षिय छोरा निश्चल तिवारी शुक्रबार साँझदेखि सम्पर्कविहिन थिए । उनी शनिबार दिउँसो बुटवल–७ वन स्थित भित्र रहेको भनभने खोलामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खडक बहादुर खत्रीले जानकारी गराउनु भयो । 

प्रकाशित : ९ कार्तिक २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६