कपिलवस्तु १० कार्तिक । दसैंको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख अग्निप्रसाद सापकोटा र संवैधानिक निकायका प्रमुखले शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गरेकी छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन अपिल गरेका छन् । दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आज शुभकामना दिँदै उनले सम्भव भएसम्म आफू बसोबास गरिरहेका स्थानमा नै चाडपर्व मनाउन आग्रह गरेका हुन्। विगतमा जस्तो यस पटक पारिवारिक पुनर्मिलन र सामाजिक अन्तरघुलनका लागि सहजता नभएको उल्लेख गर्दै उनले यस वर्षका चाडपर्व कोभिड–१९ लाई परास्त गर्ने सङ्कल्पका लागि आपसी छलफल गर्ने अवसर बन्ने विश्वास आफूले लिएको बताए । सभामुख सापकोटाले प्राकृतिक विपत्ति र कोरोना भाइरसका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
यता कपिलवस्तु जिल्लावाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य बिष्णु पन्थी, सहसराम यादव , अर्जुन केसी , धरमवहादुर लाल श्रीवास्तक लगाएतका नेताहरुले शुभकामना सन्देश जारी गरि शुभकामना व्यक्त गर्नु भएको छ । सोहि अवसरमा नेकपाका जिल्ला अध्यक्ष झवीलाल पाख्रेल, सचिव विष्णु शाह, नेपाली काँग्रेसका जिल्ला सभपती सुरेन्द्रराज आचार्य, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिकाराम आचार्य लगाएत अन्य राजनैतिक दलका नेताहरुले पनि विभिन्न जातजाति, समुदाय, भूगोल र धर्मावलम्बीबाट विशिष्ट परम्परा हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रूपमा रहेको उल्लेख गर्दै दशैको शुभकामना व्यक्त गर्नु भएकोछ
यस्तै कपिलवस्तुका जिल्लाको स्थानीय निकायका प्रमुख एवं उपप्रमुखहरुले पनि शुभकामना सन्देश जारी गरि शरद ऋतुको महान् चाड दशैंले सकारात्मक सोचसहित पारस्पारिक सद्भाव, सहयोग र स्नेह बढाउने बताउँदै चाडपर्वले धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई सम्मान गर्दै सामाजिक, सद्भाव, एकता र साझा पहिचानसहित सहिष्णुता कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास विश्वास व्यक्त गरेको छन । यस्तै जिल्लाका सामाजिक संघ संस्था, मानवअधिकारकर्मि, पत्रकार महासंघ, नागरिक समाजका प्रतिनिधिहरुले पनि शुभकामना व्यक्त गर्नु भएको छ ।
यस्तै कपिलवस्तु संचार सहकारी संस्था लिमिटेडद्धारा संचालीत सामुदायिक रेडियो वुद्धआवाज ८९ विन्दु ६ मेगाहर्ज र वुद्धआवाज टेलीभिजका संचालक समिति अध्यक्ष विष्णु प्रसाद न्यौपाने, महासचिव सरोज खनाल ,ब्यवस्थापनक भेषराज पाण्डेले आज पनि शुभकामना व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली एवं रेडियोका शेयर सदश्य, श्रोता, सूचना तथा सन्देश दाता, कर्मचारी तथा शुभेच्छुकहरु प्रति नेपालीहरूको महान् पर्व विजयादशमीको अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया