अर्थ-वाणिज्य

सितगंगामा भनसुन पहुच र भागबण्डा सस्कृतिको जरो उखेलियो



 अर्घाखाँची १० कार्तिक ।  अर्घाखाँचीको सितगंगा नगरपालिकाले गएको वर्षदेखि लागू गरेको उत्पादनका आधारमा अनुदान वितरण कार्यक्रमले किसान उत्साहित बनेका छन् । नगरपालिका ४ की रमा पाण्डेले एक वर्षमा दुई हजार तीन सय किलो लोकल कुखुरा बिक्री गरेर १३ लाख ८० हजार रुपैयाँ आम्दानी गर्नुभयो । गएको वर्ष साढे पाँच लाख रुपैयाँ आम्दानी गर्नुभएकी उहाँले यस वर्ष दोब्बरभन्दा बढी आम्दानी गर्न सफल हुनुभयो । गएको वर्ष ४७ हजार अनुदान पाएका पाण्डे दम्पतीले यस वर्ष एक लाख पन्ध्र हजार रुपैयाँ प्राप्त गर्नुभएको छ । जग्गा भाडामा लिएर सुरु गरेको लोकल कुखुरा व्यवसाय पाण्डे दम्पतीको आम्दानीको स्रोत बनेको छ ।

    त्यस्तै ६ नम्बर वडाको फेदीमा बस्ने करुणा कुँवरले एक लाख नौ हजार रुपैयाँ अनुदान बापत पाउनुभयो । बाख्रा पालनमा सफल उद्यमी उहाँले २०७४ सालदेखि पाँच वटा बाख्राबाट व्यवसाय सुरु गर्नुभएको थियो । वार्षिक सात लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको उहाँ बताउनुहुन्छ । यस वर्ष सहकारीमार्फत खसीपाठा बजारीकरण गर्ने एक सय ४० उद्यमीलाई ५१ लाख ८० हजार रुपैयाँ अनुदानबापत वितरण गरिएको छ ।

    झण्डै २० लाख रकम कृषिजन्य उत्पादनमा अनुदानबापत प्रदान गरिएको नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले बताउनुभयो ।आफूले गरेका उत्पादनमा नगरपालिकाबाट अनुदान पाउँदा किसान उत्साहित भएका छन् । अनुदान वितरणलाई अभियानकै रुपमा किसानकै घरदैलोमा पुगेर रकम वितरण गर्दै आएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : १० कार्तिक २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६