अर्थ-वाणिज्य

जनता आवास कार्यक्रम अन्तर्गत दाङमा २६७ घर निर्माण हुने



दाङ ११ कार्तिक । दाङमा जनता आवास कार्यक्रमअन्तर्गत २६७ घर निर्माण हुने भएका छन् । आर्थिक रूपमा विपन्न र लोपोन्मुख जातिका लागि जिल्लामा सञ्चालित यो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा छनौट भएका २६७  घर चालु आर्थिक वर्षमा निर्माण हुने भएका हुन् । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका प्रमुख अनन्तकुमार देवका अनुसार यो कार्यक्रमअन्र्तगत रोल्पामा ११२, प्यूठानमा ११० र पूर्वी रुकुममा ४६ घर निर्माण हुने भएका छन् । चालु आर्थिक वर्षमा यी चार जिल्लामा थप ६५ घर निर्माणका लागि छनोट भएका छन् । 

 सरकारले उक्त कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष दलित समुदायका अतिविपन्न तथा लोपोन्मुख जातिका लागि घर निर्माण गर्दै आएको छ । घर निर्माणका लागी प्रत्येक परिवारले चार किस्तामा रू तीन लाख ३२ हजार ५०० अनुदान पाउने छन् । पहिलो किस्ताको रकम पाउनका लागि घरको जग हाली झ्याल ढोका राख्नुपर्ने हुन्छ । त्यस्तै दोस्रो किस्ता पाउनका लागि घरको चुली हाल्नुपर्ने, तेस्रो किस्ताका लागि टिनको छाना छाउनुपर्ने र चौथो किस्ताका लागि शौचालय निर्माण गरेको हुनुपर्ने प्रमुख देवको भनाइ छ । 

    त्यस्तै विगत दुई बर्षमा दाङ, रोल्पा, पूर्वी रुकुम र प्यूठानमा लुम्वनी प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत २५२ घर निर्माण सम्पन्न गरिसकेको छ । आफ्नो जग्गा भएका तर आर्थिक अभावका कारण घर निर्माण गर्न नसकेका दलित, विपन्न मुस्लिम, सीमान्तकृत, अल्पसङ्ख्यकलगायत समुदायका लागि घर निर्माण गर्दै आएको प्रमुख देवले बताए । 

प्रकाशित : ११ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६