जीवनशैली

जटिल लक्षणका संक्रमित बागमति र लुम्विनीमा सर्वाधिक धेरै ,आइसियू र भेण्टीलेटरमा कहाँ कति ?



रुपन्देही ११ कार्तिक । जटिल प्रकृतिको लक्षण देखा परेका कोरोना संक्रमित सबैभन्दा धेरै वागमति प्रदेशमा रहेका छन् भने त्यसपछि लुम्विनी प्रदेशमा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर २८१ जना आइसियु र ७१ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ३० आइसियु र ७ जनामा संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।

    प्रदेश २ मा ९ जना आइसियु र २ जना भेन्टिलेटरमा, बागमती  प्रदेशमा १७६ जना आइसियु र ५३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा १३ जना आइसियु र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४२ जना आइसिय् र ८ जना भेन्टिलेटरमा उपचाररत छन्। त्यसैगरी, कर्णाली प्रदेशमा ४ जना  र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित आइसियुमा उपचाररत भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित : ११ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६