अन्तर्राष्ट्रिय

आजवाट तातोपानी नाका खुल्दै ,चिनले नै देखायो तत्परता



बेइजिङ १२ कार्तिक । असोज १९ गते खुलेलगत्तै बन्द भएको चीन—नेपाल तातोपानी नाका आज बुधबारदेखि पुनः खुल्ने भएको छ। यसअघि कोरोना महामारीका कारण बन्द रहेको नाका खुलेलगत्तै सामान लोड—अनलोड गर्ने ३ जना नेपाली कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनभित्रै बन्द भएको थियो।त्यसयता चीनले नेपाल पक्षलाई कोरोना महामारी सुरक्षाको प्रबन्ध गर्न अनुरोध गर्दै नाका बन्द गरेको थियो।

    ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत जिम्सन रुम्दाली राईका अनुसार तिब्बतको वाणिज्य विभागले सोमबार नाका खुल्ने तयारीबारे जानकारी दिएको हो। वाणिज्य विभागका अधिकारीले सीमा नजिकै बुधबार बैठक बस्ने, संभवतः कोरोना प्रतिरोधका लागि नेपालतर्फ निर्मित संरचना निरीक्षण गर्ने, तातोपानी पुलदेखि नेपालतर्फको गेटसम्म बारेर सामान नेपाली भूभागमा छोड्ने गरी नाका खोल्ने प्रक्रिया अघि बढ्नसक्ने बताएको रुम्दालीले बताए। गत सेप्टेम्बर २८ मा तातोपानी बोर्डरमा नेपाली र तिब्बती उच्च अधिकारीबीच बैठक बसेर नाका खोल्नुको उद्देश्य सुरु गर्ने भन्ने नै थियो, रुम्दालीले भने, तर अक्टोबर ४ र ५ तारिख खुलेलगत्तै नेपाली कर्मचारीमा कोरोना पुष्टि भएकाले नाका बन्द भयो।

    अब नेपाल र चीनबीच तातोपानी पुलदेखि नेपाली भन्सारसम्मको गेटसम्म सिल गरेर स्वास्थ्य प्रोटोकल अपनाइने भएपछि नाका खुल्ने तयारी भएको चिनियाँ अधिकारीले बताए।बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर सुशील लम्सालका अनुसार केरुङबाट नाकाबाट दैनिक ५ वटा चिनियाँ ट्रकबाट सामानहरू नाकामा पुग्ने गरेकोमा अब तातोपानी नाकाबाट पनि दैनिक ५ वटा ट्रकमा ३० टनका दरले सामानहरू चिनियाँ ट्रकले नेपाली भूभागमा छोडिदिनेछन्। चीनको परराष्ट्र मन्त्रालयले बेइजिङस्थित नेपाली दूतावासलाई नाका खुल्नेबारे जानकारी गराएको बताउँदै लम्सालले भने, नाका खुलाउने तदारुकता देखाउनु नै चीनको असल मित्रताको उदाहरण हो। अब नेपालको आपूर्ति अवस्था सुरु हुन सहयोग पुग्नेछ।’

प्रकाशित : १२ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६