अन्तर्राष्ट्रिय

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त ब्यारेटले शपथ लिईन



 काठमाडौं १२ कात्तिक। अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त एमी कोने ब्यारेटले शपथग्रहण गरेकी छन् ।उदारवादी भनेर चर्चित न्यायाधीश रुथ बाडर गिन्सबर्गको निधन भएपछि रिक्त स्थानमा अमेरिकी राष्ट्रपति ट्रम्पले गत सेप्टेम्बर २६ मा ४८ वर्षीय ब्यारेटलाई न्यायाधीश मनोनयन गरेका थिए ।राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित ब्यारेटको नाम माथिल्लो सदन सिनेटले सोमबार पारित गरेको थियो । राष्ट्रपतिको मनोनयनलाई सिनेटबाट पारित गर्नुपर्ने व्यवस्था छ ।ब्यारेट सर्वोच्च अदालतका दक्षिणपन्थी धारको प्रतिनिधित्व गर्ने सर्वोच्च अदालतका पूर्वन्यायाधीश एन्टोनिन स्केलियाको क्लर्क भई काम गरेको अनुभव छ । ब्यारेट यसअघि संयुक्तराज्य मेरिकाको सातौँ सर्किटको पुनरावेदन अदालतमा न्यायाधीश थिइन् ।

विपक्षीको विरोध

सिनेटको न्यायिक समितिमा विपक्षी डेमोक्रेट सदस्यहरुले अहिले न्यायाधीश नियुक्त गर्ने उपयुक्त समय नभएको भन्दै विरोध जनाएपछि उनको नियुक्तिमा विवाद हुँदै आएको छ ।मा अल्पमतका नेता चाल्र्स शुमर र समितिमा रहेका डेमोक्रेट सदस्यहरुले न्यायाधीश नियुक्ति प्रक्रिया शुरुदेखि नै लज्जाजनक रहेको बताउँदै आएका छन् ।राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा न्यायाधीश नियुक्त गर्ने प्रक्रिया र पद्धति नै गलत रहेको र यस्तो पद्धतिमा सहभागी भएर वैधानिकता दिने कार्य आफूहरुका लागि स्वीकार्य नरहेको उनीहरुको भनाइ छ ।

प्रकाशित : १२ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६