अर्थ-वाणिज्य

दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक आजदेखि खुल्ने



काठमाण्डौ १२ कार्तिक । दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था आजदेखि खुल्ने भएका छन् ।दशैँ बिदा सकिएकाले आजदेखि सरकारी कार्यालय खुल्ने भएका हुन् । गएको ७ गते सप्तमीदेखि ५ दिन सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था बन्द रहेका थिए । दशैँ मनाउन कार्यक्षेत्रबाट घर गाउँ गएकाहरु पनि फर्कन थालेका छन् ।

   यसवर्ष कोरोना सङ्क्रमण जोखिमका कारण खासै चहलपहल भने भएन ।दशैँ बिदा सकिएकाले आजदेखि काठमाण्डौसहित मुख्य सहरमा केही चहलपहल बढ्नेछ । दशैँ टीकाको तेस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम चलिरहेको छ । हिजो र अस्ति लगाउन नभ्याएका र टाढा(टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने चलन छ ।दशैँमा नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीकको रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा छ ।

प्रकाशित : १२ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६