अर्थ-वाणिज्य

पक्राउ परेका १२ जुवाडे विरुद्ध मुदा दायर,५ दिनको म्याद थप



कपिलवस्तु १३ कार्तिक । कपिलवस्तुको इलाका प्रहरी कार्यलय पिपराले बाणगंगाका बनगाई ,पिपरा ,ओदरी लगायतका स्थानमा संचालित जुवा खालमा छापा मारेर पक्राउ गरेका १२ जना जुवाडेलाई मुद्धा चलाएको छ । प्रहरी निरक्षक दिनेश गुरुङका अनुसार जुवाडेलाई पक्रने भनसुनका आधारमाा छाड्ने गर्दा प्रहरीलाई विभिन्न आरोप लाग्ने भएकाले रंगेहात पक्राउ परेका जुवाडेलाई कानुन अनुसार कारवाही गराउनु नै उत्तम हुने ठानेर मुद्धा दर्ता गरिएको हो ।

    प्राप्त  विवरण अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ बनगाइका जुवा खालमा प्रहरीले छापा मारेको थियो । । चाडवाडको बेलामा लाखौँ रुपैयाँको जुवा खाल संचालन गरेको थाहा पाए पछि प्रहरीले मंगलबार राति त्यहाँ छापा मारेको हो ।छापा मार्दा वनगाइको एक काष्ठ उद्योगमा जुवा खेलीरहेको अवस्थामा जुवाखालबाट १२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    उनीहरुको साथबाट प्रहरीले १ लाख ७५ हजार ८ सय ५० रुपैयाँ नगद बरामद गरेको जनाइएको छ ।पक्राउ परेका १२ जना विभिन्न पेशा ब्यापार गर्ने ब्यक्ति हुन् ती मध्ये कोही पनि हाइ प्रोफाइल रहेका छैनन् । दशैँ तिहार लगायत चाडपर्व मान्ने निहुँमा बाणगंगाका विभिन्न स्थानमा जुवाखाल संचालन हुदै आएका छन् । 

प्रकाशित : १३ कार्तिक २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६