ब्रेकिंग न्युज

संघीय सांसदहरुको सुधारिएको लोगो तयार



 काठमाडौं १३ कात्तिक । संघीय सांसदहरुको सुधारिएको लोगो तयार भएको छ । र, सांसदहरुले आएर नयाँ लोगो लैजान सक्ने संसद सचिवालयले बताएको छ ।संसद सचिवालयले साउन अन्तिम साता लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नेपालका नयाँ नक्सा भएको लागो बनाएको थियो । तर निक्कै भद्दा भएको भन्दै चौतर्फी आलोचना भएपछि संसद सचिवालयले लागो बनाउने घरेलु तथा साना उद्योग कार्यालयलाई नै फिर्ता गरेको थियो ।

अहिले सुधारिएको लोगो आएको छ । ‘नयाँ लोगो बनाउन लागेको खर्च पहिले जसले बनाएको थियो, उसैले व्यहोरेको छ’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने ।उनका अनुसार नयाँ लोगो सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लगाउन थालेका छन् भने संसदहरुले पनि लैजान सक्नेछन् ।

प्रकाशित : १३ कार्तिक २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६