प्यूठान १३ कार्तिक । लुम्बिनी प्रदेशमा विगत तीन वर्षको अवधिमा ४९ वटा बाल विबाहका घटना प्रहरीमा आएका छन् । लुम्बिनै प्रदेश प्रहरीले तयार पारेको पछिल्लो ३ वर्षको अवधिमा सबैभन्दा बढी प्यूठानमा १९ वटा बाल विबाहका घटना भएका छन् । आर्थिक वर्ष २०७५÷७६ मा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी २२ वटा बाल विबाहका घटना भएका छन् भने त्यसअघिको वर्ष २०७४÷७५ मा १८ वटा बाल विबाहका घटना भएको तथ्याङ्क छ । यसैगरी चालु आर्थिक वर्ष २०७७। ७८ मा ९ वटा बाल विबाहका घटना भएका छन् ।
विहिबार बाल विबाह विरुद्धको १५ दिने अभियानको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३ वर्षको अवधिमा दाङ जिल्लामा १३, बाँकेमा ८, अर्घाखाँचीमा ३ तथा गुल्मीमा २ वटा बाल विबाहका घटना भएका छन् । यसैगरी रुपन्देही, कपिललवस्तु, बर्दिया र रुकुममा एकएक वटा बाल विबाहका घटना भएका छन् भने नवलपरासी, पाल्पा र रोल्पामा घटना घटेका छैनन् ।
प्रहरीको तथ्याङ्क अनुसार अध्ययन गरिरहेका ३० जना बालबालिका तथा कृषि पेशामा लागेका ११ जना र ज्याला मजदुरी गरेर खाने ८ जना बाल बालिका पिडित भएका हुन् ।विहिबार आजदेखि कार्तिक २८ गतेसम्म सञ्चालन गरिने १५ दिने अभियानमा विभिन्न स्थानीय निकाय, सामाजिक संघ(संस्था लगायतसँग समन्वय गरी सचेतना अभियान सञ्चालन गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया