लुम्बिनी १३ कार्तिक ।रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा एक युवालाई वडा अध्यक्षकै उपस्थितिमा कालोमोसो दलेर गाउँ परिक्रमा गराइएको छ । स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार सम्मरीमाई गाउँपालिका–६ पचपेडवा गाउँमा १० वर्षीया बालिकालाई उच्छृङ्खल गतिविधिका साथ जिस्क्याएको आरोपमा सोही गाउँ निवासी २२ वर्षीय बब्लु केवटलाई वडा अध्यक्ष सत्यनारायण केवट नेतृत्वको समूहले शारीरिक यातना पश्चात कालोमोसो दलेर गाउँ परिक्रमा गराएको हो ।
ईलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक अमृत भण्डारीले परम्परागत सामाजिक दण्डस्वरुप यस्तो सजाय दिइएको जानकारी आफूले पाएको बताउनुभएको छ । उहाले यसबारे हालसम्म उजुरी नआएको बताउँदै उनले उजुरी आएमा कानूनी कारवाही अघि बढाइने प्रष्ट पार्नुभएको छ ।








प्रतिक्रिया