प्रदेश

२३ संक्रमितको अवस्था गंभिर, बाँकेको आइसियू संचालन नै त्रुटीपूर्ण



बाँके १४ कार्तिक  बाँकेमा रहेका दुई कोरोना विशेष अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर बनेको छ  । भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनु भयो । उहाका अनुसार, गम्भीर बिरामीमध्ये, एकजनाको भेन्टिलेटरमा र २२ जनाको आइसियुमा उपचार भइरहेको छ । तर त्यहा आइसियू संचालन गर्ने दक्ष जनशक्ति नभएको र सिकारुद्धारा संचालन भएकाले आइसियू संचालन मै गंभिर प्रश्न उठेको अस्पताल श्रोतको दाविछ ।

    आइसियूमा राख्दा संक्रमितको अवस्थामा  सुधार आउनुको सटटा झनझन विग्रदै जाने र प्राय हरेकमा यस्तै हुने गर्दा आइसियू संचालन नै त्रुटीपूर्ण रहेको श्रोतको दाविछ । भेरी अस्पतालको आइसोलेसनमा ५२ जना र शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा ३४ गरी ८६ जना कोरोना बिरामीको उपचार भइरहेको छ । 

प्रकाशित : १४ कार्तिक २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६