प्रदेश

पशुपंक्षी पालक किसानलाई तिनाउ गाउपालिकाको प्रभावकारी योजना



पाल्पा १४ कार्तिक । पशुपंक्षी पालक किसानलाई तिनाउ गाउपालिकाको प्रभावकारी योजना शुरु भएको छ ।पाल्पाको तिनाउ गाउँपालिकाले कृषकहरुलाई पशुपन्छी पालनमा वीमा सहयोग गर्ने कार्यक्रम अघि सारेको हो । गाउँपालिकाले आर्थिक वर्ष ०७७।०७८ मा पशु तथा पंछी पालन गर्नेहरुको सुरक्षालाई मध्यनजर गर्दै वीमा कार्यक्रममा सहुलियत प्रदान गर्ने कार्यक्रम ल्याएको हो ।गाउँपालिकाको पशु विकास कार्यक्रमकि डा। मोनालिसा खनालका अनुसार तिनाउ गाउँपालिकाले पशुपन्छी वीमा कार्यक्रम सुरु गरेपछी अव किसानले १२।५ प्रतिशत रकम मात्र रकम बहोरे पुग्नेछ ।

    किसानले वीमा गरेवापत २५ प्रतिशत रकम तिर्नुपर्ने रकममध्येको २५ प्रतिशत प्रिमियम रकमको पनि ५० प्रतिशत रकम तिनाउ गाउपालिकाले तिर्ने भएको हो । गाउँपालिकाका कृषि शाखा प्रमुख हेमन्त शर्माका अनुसार वाख्रा, गाई, भैसी, वंगुर लगायतका पशुहरु तथा कुखुरा, हाँस, टर्की लगायतका पंछी पालन गर्ने किसानको राहतको लागि गाउपालिकाले वीमामा सहयोग गर्न खोजेको हो ।नेपाल सरकारले पशुपन्छी पालन गर्ने किसानलाई वीमाको ७५ प्रतिशत रकम सहयोग गर्दै आएको थियो, किसानले २५ प्रतिशत रकम तिर्नुपर्ने थियो ।

    तिनाउ गाउपालिका पाल्पाले शिद्धार्थ इन्सोरेन्स कम्पनी संग वीमा कार्यक्रम गर्ने तय गरेको छ । अव तिनाउमा पशु तथा पंछी पालन गर्ने किसानले इन्स्योरेन्स कम्पनीमा सिधै गएर वीमा गर्न सक्नेछन् । गाउँपालिका भित्र साना तथा ठूला पशुपन्छी पालन गर्नेहरुको लागि वीमाले राहत प्रदान गर्ने गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताए ।चुरे क्षेत्रमा पर्ने तिनाउ गाउँपालिकामा कृषि, पशुपालन र पंछी पालन गर्ने बढ्दै गएका छन् । खासगरी गाई तथा भैसी पालन, कुखुरा, वंगुर लगायतका दर्जनौं फर्महरु तिनाउमा रहेका छन् ।

प्रकाशित : १४ कार्तिक २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६