ब्रेकिंग न्युज

कपिलवस्तु प्रशासनको रोमिङ्ग सेवा शुरु



कपिलवस्तु १५ असोजकोरोना भाइरस कोभिड–१९ को महामारी बीच जिल्ला प्रशासन कार्यालय तौलिहवा कपिलवस्तुबाट प्रदान गरिने सेवामा रोमिङ्ग अर्थात घुमफिर प्रणाली लागु भएको छ । जहा घुमफिर प्रशासनसले होइन पालिकाका सेवाग्राहीले गर्नेछन् । हप्ताको निश्चित वारमा पाएको सेवा पुन पाउन घुमफिर हुदै अर्काे वार आउनु पर्नेछ ।  प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलद्धारा बुधबार सार्वजनिक गरिएको सूचना अनुसार अब जिल्लाका १० स्थानीय तहका सर्वसाधारणले तोकिएको बारमा सेवा लिन सक्नेछन् । साताको ६ दिनै सबै पालिकाका नागरिकले सेवा लिदै आएपनि कोरोनाबाट बच्न र बढी भिडभाड नबनाउन प्रशासनले बार तोकेर सेवा दिन लागेको हो ।

    प्रशासनका अनुसार आइतबार र बुधबारका दिन बुद्धभूमि र कपिलवस्तु नगरपालिकाका सेवाग्राहीले सेवा लिन पाउने छन् । सोमबार र विहीबार महाराजगञ्ज नगरपालिका र मायादेवी गाउँपालिकाका सेवाग्राहीलाई समय तोकिएको छ भने शुद्धोधन र यशोधरा गाउँपालिकाका सेवाग्राहीलाई मंगलबार र शुक्रबार समय तोकिएको छ । जिल्लामा इलाका प्रशासन कार्यालय चन्द्रौटा र इलाका प्रशासन कार्यालय वाणगंगाबाट पनि सेवा प्रवाह भैरहेको छ ।

    यी दुई कार्यालयले सेवा दिने बार छुट्टाएका छैनन् । यद्यपि इलाका प्रशासन कार्यालय वाणगंगाका सेवाग्राही वाणगंगा नगरपालिका भित्रका मार्फत रहेकाले बढी भिडभाड देखिदैन् । इलाका प्रशासन कार्यालय चन्द्रौटामा भने शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाका सेवाग्राही आउने गरेका छन् ।

प्रकाशित : १५ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६