ब्रेकिंग न्युज

बैशाखयता विभिन्न विपदका घटनामा परेर ४०२ जनाको मृत्यु



काठमाडौं १५ असोज । बैशाख १ गतेदेखि असोज १४ गतेसम्म विभिन्न विपदका घटनामा परेर ४०२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखि न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साढे ५ महिनाको अवधिमा बाढी, पहिरो र चट्याङ लागेर त्यति धेरैजनाको मृत्यु भएको हो । प्राधिकरणका अनुसार विपदमा परेर अहिलेसम्म ४३९ जना घाइते भएका छन् भने १०१ जना बेपत्ता भएका छन् ।प्राधिकरणको तथ्यांकअनुसार पहिरोमा परेर मृत्यु हुनेको संख्या २२५, बेपत्ता हुनेहरुको संख्या ६४ र घाइते हुनेहरुको संख्या २२३ रहेको छ ।

          त्यस्तै बाढीमा परेर मृत्यु हुनेहरुको संख्या ४२, घाइतेको संख्या ११ र बेपत्ता हुनेहरुको संख्या ३७ रहेको छ भने चट्याङ लागेर मृत्यु हुनेहरुको संख्या ६५ जना रहेको छ ।चट्याङ लागेर २०५ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार गत २४ घण्टामा देशभर ९ वटा विपदका घटना भएका छन् । प्राधिकरणका अनुसार आगामी ३ दिन मुलुकभर हल्का र मध्यम वर्षा हुने सम्भावना रहेको छ । 

प्रकाशित : १५ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६