अर्थ-वाणिज्य

किसानलाई ५० प्रतिशत बीउ अनुदान



सन्धिखर्क १५ असोज  अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कृषकलाई उन्नत जातका तरकारीको वीउ वितरण गर्न सुरु गरेको छ । कृषकहरुको मागको आधारमा ५० प्रतिशत अनुदानमा बन्दा, फूल काउली, ब्रो काउली, प्याज र केराउको वीउ वितरण गर्न सुरु गरिएको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिनुभएको छ । कृषकलाई वीउ हस्तान्तरण गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले कृषिको विकासबिना आर्थिक समृद्धि नहुने भएकाले तरकारीको वीउ वितरण गरेको बताउनुभयो ।

    उहाले उत्पादन गर्ने कृषकलाई नगरपालिकाले सहयोग गर्न कुनै कसुर बाँकी नराख्ने बताउनुभयो । सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विकले कषि पेशालाई निर्वाहमुखीबाट व्यवसायिक बनाउन सबैलाई आग्रह गर्नुभएको छ । कार्यक्रम कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो । 

प्रकाशित : १५ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६