काठमाण्डौ १६ असोज । आज दिउँसो देशका थोरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र सक्रिय रहेकाले आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार अरु ठाउँको मौसम पनि आंशिकदेखि सामान्य बद्ली हुनेछ । यस्तै हिजो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट बाहिरिएको मनसुन देशभरिबाटै बाहिरिन भने अझै केही दिन लाग्ने भएको छ ।नेपालका थोरै ठाउँमा केही दिन हल्का पानी पर्ने संभावना रहेकाले मनसुन पुरै हट्न समय लाग्ने भएको मौसमविद् शाक्यको भनाइ छ ।
१६ आश्विन २०७७, शुक्रबार
प्रतिक्रिया