बुटवल १६ असोज। रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा बिहिबार रामापुर ७ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।उनी असोज १३ गते साझ ११ बजे अस्पताल भर्ना भएका थिए ।उनको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।गौतमका अनुसार उनलाई २ दिन देखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
१६ आश्विन २०७७, शुक्रबार
प्रतिक्रिया