कपिलवस्तु १६ असोज । नेपालका लागि बजाज मोटरसाइकलले आफ्ना ग्राहकहरुकालागी बजाज कम्पनीको नयाँ उत्पादन बजाज एभेन्जर १ सय ६० सिसि ए।बि।एस। विहिबार नेपालभरका ९९ डिलर शोरुमबाट एक साथ लञ्च गरेको छ । नेपालमै पहिलो पटक बजाज कम्पनीको एभेन्जर लञ्च गरिएको जितपुरमा अवस्थित बजाजको आधिकारिक विक्रेता केदरनाथ मोटरसाइकलका सञ्चालक बिनोद पाठक बताउनुभएको छ । सो एभेन्जर मोटरसाइकल लञ्च गर्दै मोटरसाइकल पुर्ण क्षमता भएको दुई बर्ष वा ३० हजार किलोमिटर सम्मलाई वारेन्टी भएको हुदा अरुभन्दा फरक भएको र बजारमा यसको माग बढी रहेको जानकारी दिनुभएको छ ।
साथै नेपालको नवलपरासीमै उत्पादन भएको बजाज मोटरसाइकल कम्पनीले आफ्ना ग्राहकहरुका लागी चाडवाडलाई लक्षित गर्दैै विभिन्न अफरहरु ल्याएको समेत बस्यालले जानकारी दिनुभएको छ । विहिबार लन्च गरिएको एभेन्जर १६० स्ट्रीटको इन्जीन अग्लो भएकाले जस्तो सुकै अप्ठ्यारो बाटोमा समेत आरामदायी यात्रा गर्न सकिने र रातो, कालो रङमा उपलब्ध सो मोटरसाइकलमा १३ लिटर पेट्रोल अटाउने क्षमता र ३.८ लिटर पेट्रोल रिजर्भमा रहने र सो एभेन्जेर १६० स्ट्रीटको माइलेज प्रति लिटर ४० देखि ४५ किलोमिटर रहेको पाठकले बताउनु भयो ।








प्रतिक्रिया