ब्रेकिंग न्युज

कोरोना विरुद्धको खोप प्रयोगमा आए पनि जनजीवन सामान्य बन्न नसक्ने वैज्ञानिकको चेतावनी



काठमाण्डौ १६ असोज । कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप पत्ता लागेर प्रयोगमा आए पनि आउँदो वसन्तमा जनजीवन सामान्य बन्न नसक्ने वैज्ञानिकले चेतावनी दिएका छन् ।रोयल सोसाइटीको डेल्भ इनिसिएटिभ अन्तर्गत विभिन्न क्षेत्रका वैज्ञानिकले खोप तत्काल उपलब्ध नहुनेतर्फ सचेत गराउँदै खोपको विकास लामो प्रक्रिया रहेको बताएका छन् ।

    यस्तै खोप आउँदैमा महामारीको सबै समस्या समाधान नहुने उनीहरुले बताएका बीबीसीले जनाएको छ । इम्पेरियल कलेज लण्डनका नेशनल हार्ट एण्ड लङ्ग इन्स्टिच्युट का डाक्टर फियोना कुलीका अनुसार, खोप भन्नेबित्तिकै हामीलाई के लाग्छ भने महामारी समाप्त भइ हाल्छ तर खोपको विकासका क्रममा कैयौँ पटक विफलता भोग्नुपरेको छ ।

   इम्पेरियल कलेज लण्डनको केमिकल इन्जिनियरिङका प्रमुख प्रोफेसर निलय शाह भन्नुहुन्छ,यदि खोप उपलब्ध भए पनि एक महिनाभित्रमा नै सबैलाई खोप लगाउन पाउँछन् भन्ने पनि होइन । यसमा ६ महिना पनि लाग्न सक्छ, नौ महिना र एक वर्ष पनि लाग्न सक्छ ।यसरी हेर्दा पनि आउँदो मार्चसम्म जनजीवन एकाएक पहिलेको जस्तै सामान्य हुन्छ भनेर भन्न सकिँदैन, उहाँले भन्नुभयो । वैज्ञानिकहरुले यस दिशामा अझै पनि धेरै चुनौतीहरु रहेको बताएका छन् । 

   यद्यपि केही प्रायोगिक तरिकाहरु पनि अपनाइएको छ । ठूलो मात्रामा आरएनए खोप बनाइँदै छ, जो यसअघि कहिले पनि गरिएको थिएन । खोप प्रयोगमा आइसकेपछि पनि सङ्क्रमण फैलिन नदिनका लागि लागू गरिएका प्रतिबन्धहरु बिस्तारै मात्रै फुकुवा गर्न उनीहरुको सुझाव छ । अहिले विश्वभरका वैज्ञानिकहरु सुरक्षित र प्रभावकारी खोपको खोजीमा लागेका छन् ।

         २०० भन्दा बढी खोप निर्माणको चरणमा रहेका र त्यसमध्ये ४० भन्दा बढी खोप मानवीय परीक्षणको विभिन्न चरणमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । तर खोप पत्ता लागेर प्रयोगमा आउन थाले पनि आउँदो वसन्तमा जनजीवन सामान्य अवस्थामा फर्किन नसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका हुन् ।अहिले विश्वभर ३ करोड ४४ लाखमा कोरोना सङ्क्रमण भइसकेको छ । जसमध्ये २ करोड ५६ लाख निको भएका र १० लाख २७ हजारको ज्यान गएको छ । बाँकीको उपचार चलिरहेको छ । 

प्रकाशित : १६ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६