काठमाण्डौ १६ असोज । २४ घण्टामा नेपालमा २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ३ सय ७ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ६० हजार ६ सय ९६ पुगेको छ । आज डिस्चार्ज भएका र सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या अहिलेसम्मकै धेरै हो ।अब नेपालमा २१ हजार दुई सय ३४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ८५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय २० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय ५० पुगेको छ ।
१६ आश्विन २०७७, शुक्रबार
प्रतिक्रिया