कपिलबस्तु १६ असोज । बाणगंगा नगरले शिक्षा क्षेत्रमा ३ वटा कदम एकैसाथ अघि वढाएको उपमेयर चक्रपाणी अर्यालले दावि गर्नु भएको छ । उहाले विद्यालयमा विद्यार्थी अनुसार दरबन्दी मिलान, बिद्यार्थी कम भएको बिद्यालयलाई मर्जरमा समायोजन र र पर्याप्त भौतिक पुर्वाधार विकासमा ब्यापकता नगरको लक्ष्य रहेको उपमेयर अर्यालले वताउनु भयो । कपिलवस्तुको बाणगंगा नगरपालिकामा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्विकोलागि नगरपालिका र प्रधानाध्यपक बिच भएको अन्तरक्रियामा उहाले यस्तो वताउनु भएको हो ।
बाणगंगा नगरपालिकाका समुदायिक बिद्यालयका प्रधानाध्यापकको सहभागितामा भएको अन्तरकृयाले गत बर्ष नगरपालिका र प्रधानाध्यपक बिच भएको कार्यसम्पादन सम्झौताको समिक्षा गरेकोछ । शैक्षिक सत्र २०७७का लागि नगरपालिका र सबै प्रधानाध्यापक बिच कार्य सम्पादन सम्झौता समेत भएको हो । कार्यक्रममा बाणगंग नगरपलिकाका नगर उपप्रमुख चक्रपाणी अर्यालले शैक्षिक गुणस्तर अभिवृद्वि अपरिहार्य रहेको बताउनु भएको छ । उहाले शैक्षिक गुणस्तर अभिवृद्वि गरी समय सापेक्ष प्राविधिक शिक्षा बिद्यार्थीहरुलाई दिनुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईको अध्यक्षतामा भएको शैक्षिक अन्तरक्रियामा शिक्षा शाखा अधिकृत खिमबहादुर जिसी,शिक्षा शाखाका कर्मचारी र बाणगंगा नगरपालिकाका सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुले आ—आफ्ना धारणा राख्नु भएको थियो । कार्यक्रममा कोरोनाको बिषम परिस्थीतीमा बिद्यार्थीहरुलाई कसरी र कुन माध्यमबाट पठनपाठन गराउने लगाएतका बिषयमा छलफल भएको थियो । कार्यक्रमको सञ्चालन नगरका श्रोतब्यक्ति कबिराज भण्डारीले गर्नु भएको थियो ।
प्रतिक्रिया