अर्थ-वाणिज्य

४२ लाखको आधा किलो सुन सहित दाजु वहिनी पक्राउ



कपिलवस्तु १६ असोज कपिलवस्तुको मायादेवी गाउँपालिका– ७ बनकसिहामा आधा किलो बढी सुनका सामग्री सहीत २ जना पक्राउ परेका छन । प्रहरीले विशेष सूचनाका आधारमा कपिलवस्तुबाट भारततर्फ लादै गरेको आधा किलो सुन बिहीवार राति बरामद गरेको हो । सुनसँगै प्रहरीले मायादेबी गाउँपालिका– ४ का ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्तालाई पक्राउ गरेको छ । पवनले लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ लादै गर्दा सो सुन बरामद भएकको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनु भयो । 

 खानतलासी लिंदा पवन गुप्ताले कम्मरमा बाधेको निलो रङको थैली भित्र लुकाई छिपाई राखेको अवस्थामा सो सुन फेला परेको थियो । २४ क्यारेट सुन ४३ तोला(५०० ग्राम) र १८ क्यारेट सुनको सिक्रि १ तोला ४७ लाल, १८ क्यारेट सुनको औठि ३ आना बरामद भएको थियो ।  सुनको बजार मुल्य  ४२ लाख ३ हजार ,९६ रुपैया कायम गरेको छ ।  पवनको साथबाट  नगद रू.८ हजार ९२५ रुपैया समेत भेटिएको थियो । पक्राउ परेका दुबकै जनालाई सुन सहीत थप अनुसन्धान कार्यको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाईएको प्रहरी उपरिक्षक अधिकारीले बताउनु भयो । अहिले तराईका जिल्लाबाट तस्करी गरिएको सुन भारत तर्फ जाने गरेको स्रोतले बताएको छ । 

प्रकाशित : १६ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६